काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु पर्ने प्रावधान हटाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आइतबार एक पत्र पठाउँदै कोभिड-१९ प्रोटोकलबारे भएको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ । मन्त्रालयका अनुसार ३१ वैशाखमा बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रले हवाई यात्रुका लागि ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ रिर्पोट वा खोप अनिवार्य …
पुरा पढ्नुहॊस »भुटानी शरणार्थी प्रकरण : आज तीन आरोपितको बयान
काठमाडौँ – भुटानी शरणार्थी प्रकरणमा तीन आरोपितको बयान सुरु भएको छ । काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आरोपितहरू सन्देश शर्मा, इन्द्रजित राई र नरेन्द्र केसीको बयान सुरु भएको हो । यसअघि केशवप्रसाद दुलाल, सागर राई, सन्दीप रायमाझी, लक्ष्मी महर्जन र टङ्ककुमार गुरुङको बयान लिइएको थियो ।
पुरा पढ्नुहॊस »भिरबाट लड्दा ८ महिनाकी गर्भवतीले ज्यान गुमाइन्, दुई वर्षका छोरा पनि बिते
काठमाडौँ । धादिङको भिरबाट लडेर आमा-छोराको मृत्यु भएको छ । घाँस काट्न गएकी आठ महिनाकी गर्भवती १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोराको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रकाअनुसार घाँस काट्न जाँदा आमासँगै डोकोमा हालेर छोरा साजन पनि लगेकी थिइन् । भिरबाट छोरा लडेपछि बचाउने क्रममा आमा-छोराको मृत्यु भएको प्रहरीको भनाई छ । करिब दुई सय मिटर तल खसेका साजनको घटनास्थलमै मृत्यु …
पुरा पढ्नुहॊस »सिंहदरबारमा संसदीय सुनुवाइ समितिको पहिलो बैठक : प्रत्यक्ष प्रशारण गर्न माग
काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक सिंहदरबारमा जारी छ । समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बैठक सुरु भएको हो । बैठकलाई सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्बोधन गरेका छन् । सभामुख घिमिरेले समितिमा अनुभव प्राप्त सदस्यहरू रहेका कारण यसले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरे । प्रधानन्यायधीश नियुक्तिलगायतका कामहरूको सुनुवाइ छिटो गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । यता नेकपा एमालेकी सांसद ईश्वरी …
पुरा पढ्नुहॊस »प्रत्येक सांसदलाई ५ करोड दिने बजेटमा उल्लेख भएकोप्रति रास्वपाको विरोध
काठमाडौं । सरकारले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम ब्युँताएको छ । सांसदहरूलाई निर्वाचन क्षेत्रमा वितरण गर्न प्रदान गरिने कार्यक्रम भएकाले व्यापक आलोचना भएपछि खारेज भएको कार्यक्रम आगामी आवको बजेटले ब्युँताएको हो । अब प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोडका दरले बाँड्ने घोषणा अर्थमन्त्री डा. प्रकाशशरण महतले गरेका छन् । यसका लागि ८ अर्ब २५ करोड विनियोजन गरिएको उनले जानकारी दिए । तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सांसद …
पुरा पढ्नुहॊस »केन्द्रबाट प्रदेश र स्थानीय तहले कति पाए बजेट ?
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सरकारले अनुदानका रुपमा प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने बजेटको आकार सार्वजनिक गरेको छ । बजेट वक्तव्यअनुसार आगामी आर्थिक वर्षका लागि स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदानतर्फ एक खर्ब ४६ अर्ब र ससर्त अनुदानतर्फ दुई खर्ब २७ अर्ब छुट्याइएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई ५८ अर्ब ६७ करोड र स्थानीय तहलाई रु ८७ …
पुरा पढ्नुहॊस »बजेटमा कस्ता-कस्ता योजना समेटिए ? (पूर्णपाठ)
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ मा सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य तय गरेको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्य घोषणा गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वृद्धिदरको लक्ष्य ६ प्रतिशतको तय गरिएको बताएका हुन् । चालु आर्थिक वर्षमा सरकाले ८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य तय गरेकोमा २.१६ प्रतिशतले मात्र आर्थिक वृद्धि हुने अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ ।
पुरा पढ्नुहॊस »१७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट, चालु आवकोभन्दा अर्ब कम
काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपियाँको बजेट प्रस्तुत गरेका छन् । कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२० प्रतिशत, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात् १७.५५ प्रतिशत रहेको छ । यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा २.३७ प्रतिशतले …
पुरा पढ्नुहॊस »सबै प्रकारका प्रोत्साहन भत्ता खारेज, गाडी सुविधाको सट्टा नगद
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि सबै प्रकारका प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता लगायतका भत्ता खारेज गरेको छ । सोमबार सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएको हो । सरकारको तर्फबाट अर्थमन्त्री डा। प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा यो व्यवस्था हटाइने भएको छ । अर्थमन्त्री महतले नयाँ गाडी, फर्निचर तथा फर्निसिङ खरिद नगर्ने बताए । गाडीको सुविधा प्राप्त गर्ने पदाधिकारीलाई स्वीकृत मापदण्डको …
पुरा पढ्नुहॊस »सरकारले आगामी वर्ष नयाँ गाडी नकिन्ने, थन्किएका गाडी लिलाम
काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षमा अनावश्यक क्षेत्रमा हुने खर्च कटौती गर्ने भएको छ । संसदमा बजेट पेस गर्दै अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले उस्तै प्रकृतिका २० वटा संस्था खारेज गर्ने जानकारी दिए । विभिन्न प्रकारका भत्ताको खारेज गरिने उनले बताए । नयाँ गाडी नकिन्ने, अत्यावश्यकबाहेक नयाँ भवन नबनाउने, गाडीको सुविधा पाउने कर्मचारीलाई इन्धन खर्चबापत नगद नै दिने तथा पुराना र प्रयोगविहीन सामान छ महिनाभित्र लिलाम गर्ने, अत्यावश्यकबाहेक वैदेशिक भ्रमणमा रोक …
पुरा पढ्नुहॊस »