Tag Archives: mainnews

विश्व बैंकद्वारा नेपाललाई १५ अर्ब ८४ करोड ऋण र दुई अर्ब ६० करोड अनुदान सहयोग

काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच रू १५ अर्ब ८४ करोड (अमेरिकी डलर १२ करोड) बराबर सहुलियतपूर्ण ऋण र रू दुई अर्ब ६० करोड (अमेरिकी डलर एक करोड ९७ लाख) बराबर अनुदान प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच अर्थसचिव अर्जुनप्रसाद पोखरेल र विश्व बैंकका लागि माल्दिभ्स, नेपाल र श्रीलङ्काका देशीय निर्देशक फारिस हदाद जर्भोसले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । विश्व बैंकअन्तर्गतको इन्टरनेसनल …

पुरा पढ्नुहॊस »

भन्सार विभागको महानिर्देशकमा शोभाकान्त पौडेल नियुक्त

काठमाडौँ । सरकारले भन्सार विभागको महानिर्देशकमा शोभाकान्त पौडेललाई नियुक्त गरेको छ । अर्थमन्त्री डा. प्रकाशरण महतले पौडेललाई महानिर्देशक नियुक्त गरेका हुन् । यसअघिका महानिर्देशक चक्रबहादुर बुढा २७ वैशाखमा संस्कृति पर्यटन तथा नागरिक मन्त्रालयमा सरुवा भएका थिए । त्यसपछि पौडेललाई अर्थमन्त्रालय अन्तर्गतको विभामा ल्याइएको हो । पौडेल खानेपानी मन्त्रालयबाट अर्थमा आएका हुन् ।

पुरा पढ्नुहॊस »

पूर्णबहादुर खड्का कार्यवाहक प्रधानमन्त्री

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको चार दिने औपचारिक भ्रमणमा जाने भएपछि उपप्रधानमन्त्री खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् । प्रचण्ड सरकारमा कांग्रेस उपसभापति समेत रहेका खड्का दोस्रो वरियतामा छन् । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले खड्काले कार्यवाहक तोकेका हुन् । प्रधानमन्त्री प्रचण्ड जेठ २० गते चार दिने भारत भ्रमणबाट पुरा गरि स्वदेश फर्किने छन् ।

पुरा पढ्नुहॊस »

अर्थमन्त्री महतको गुनासो- मिडियाले बजेटका राम्र पक्ष ढाकछोप गरे

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारको अबको ध्यान बजेट कार्यान्वयनमा केन्द्रित हुने जानकारी दिएका छन् । उनले भने, ‘पुँजीगत बजेट केही घटे पनि त्यसको कार्यान्वयनमा सधैँ समस्या छ र यसलाई समाधान गर्नका उच्च प्राथमिकता दिएको छु ।’ नेपाल आर्थिक पत्रकार समाजले  आयोजना गरेको बजेटपछिको छलफल कार्यक्रममा उनले पुँजीगत खर्चलाई प्रभावकारी बनाउनका लागि बुँदागत रुपमै घोषणा गरेको र यसको कार्यान्वयन हुने विश्वास व्यक्त गरे । पुँजीगत खर्चको कार्यान्वयन राम्रो भयो …

पुरा पढ्नुहॊस »

चारदिने भ्रमणका लागि प्रधानमन्त्री भारत प्रस्थान

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत प्रस्थान गरेका छन् । बुधबार उनी चार दिने भ्रमणका लागि भारततर्फ लागेका हुन् । भारत रहँदा प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्चस्तरीय भेट हुने छ । प्रधामन्त्री शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।  

पुरा पढ्नुहॊस »

राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे नागरिकता विधेयक

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । उनले बुधबार बिहान विधेयक प्रमाणीकरण गरेका हुन् । राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण भएको पुष्टि गरे । अघिल्लो संघीय संसद्‍बाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् । आजै दिउँसो १ः२५ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार लिने भ्रमणका लागि भारत प्रस्थान गर्दैछन् । त्यसअघि भएको प्रमाणीकरणलाई चासोका साथ हेरिएको छ । बिहानमात्रै प्रचण्डले …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्रीले राष्ट्रपतिलाई गराए भारत भ्रमणबारे जानकारी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणबारे राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका छन् । बुधबार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर प्रधानमन्त्री प्रचण्डले बुधबारबाटै हुन लागेको आफ्नो भारत भ्रमणबारे जानकारी गराएका हुन् । ‘राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री पुष्पकमल दाहालले आजदेखि हुने आफ्नो भारत भ्रमणबारे जानकारी गराउनुभएको छ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले बुधबार चार दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्दै छन् । …

पुरा पढ्नुहॊस »

एकसाता अघिमात्रै गृहप्रवेश गरेकी थिइन् कार दुर्घटनामा परेकी डाक्टर सञ्जु

काठमाडौँ । बाँकेमा भएको कार दुर्घटनामा ज्यान गुमाएकी डाक्टर सञ्जु खाती खड्का एकसाता अघि मात्रै गृहप्रवेश गरेको खुलेको छ । उनको परिवारले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-७ इतपुरमा नयाँ घर बनाएका थिए । सञ्जु कर्णाली प्रदेश अस्पतालका निर्देशक डम्बर खड्काकी श्रीमती हुन् । उनी एकसाता अघि मात्रै गृहप्रवेश गरी काठमाडौँ फर्किएकी थिइन् । मंगलबार काठमाडौँबाट घर जाँदै गरेकी उनको कार दुर्घटनामा परी मृत्यु भएको हो । मृतक सञ्जु उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर …

पुरा पढ्नुहॊस »

बालेनले गरे ६८ स्वास्थ्यसंस्थालाई कारबाही गर्न स्वास्थ्यमन्त्रीलाई अनुरोध

काठमाडौं । काठमाडौँ महानगरका मेयर बालेन शाहले विपन्न एवं लक्षित वर्गहरूलाई दिनुपर्ने कुल शय्याको १० प्रतिशत छुट्टाई निःशुल्क उपचार उपलब्ध गराउने सम्बन्धमा स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराएका छन् । मङ्गलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतलाई भेटेर मेयर शाहले सबैका लागि सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुन अनुसार नागरिकले पाउने स्वास्थ्य सम्बन्धी छुट सुविधाहरू उपलब्ध गराउन ध्यानाकर्षण गराएका हुन् । छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरूको …

पुरा पढ्नुहॊस »

रेशम चौधरीको आममाफीविरुद्धको मुद्दाको आज सुनुवाइ

काठमाडौं । टीकापुर नरसंहारमाका दोषी ठहर पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिएपछि सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइ हुँदैछ । शारदा बोहरा कडायतले आइतबार दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न आजका लागि अदालतले पेसी तोकिएको हो । शारदा सो घटना परी मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी हुन् । हत्याकाण्डका मुख्य योजनाकारका रूपमा रेशमविरुद्ध कैलाली जिल्ला, दिपायल उच्च अदालतले गरेको जन्मकैदको फैसलालाई सर्वोच्च अदालतले गत जेठ २ गते मात्रै सदर गरेको …

पुरा पढ्नुहॊस »