प्रत्येक सांसदलाई ५ करोड दिने बजेटमा उल्लेख भएकोप्रति रास्वपाको विरोध

काठमाडौं । सरकारले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम ब्युँताएको छ । सांसदहरूलाई निर्वाचन क्षेत्रमा वितरण गर्न प्रदान गरिने कार्यक्रम भएकाले व्यापक आलोचना भएपछि खारेज भएको कार्यक्रम आगामी आवको बजेटले ब्युँताएको हो ।

अब प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोडका दरले बाँड्ने घोषणा अर्थमन्त्री डा. प्रकाशशरण महतले गरेका छन् । यसका लागि ८ अर्ब २५ करोड विनियोजन गरिएको उनले जानकारी दिए । तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सांसद विकास कोषका लागि प्रतिसांसद पाँच करोड विनियोजनको विरोध गरेकी छन् ।

अर्थमन्त्रीले सांसद विकास कोषका लागि बजेट विनियोजन गरेलगतै सामाजिक सञ्जालमार्फत श्रेष्ठले लेखेकी छन्, ‘गलत गलत गलत निर्णय । सांसदको काम के हो अर्थमन्त्रीज्यू ? किन भौतिक प्रोजेक्टको मैनेजर बनाउन खोज्नुभएको ? किन स्थानीय सरकारको कार्य गर भन्ने । किन चुनाव लक्षित बजेट ? नीतिगत भ्रष्टाचार लाग्छ- सांसद विकास कोष ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भीरबाट कार खस्दा अचेत अवस्थामा भेटिएका तीन जनाको परिचय खुल्यो

काठमाडौं । मकवानपुरमा कार दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । शनिबार बिहान …

प्रतिकृया दिनुहॊस

This will auto close after