Tag Archives: mainnews

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट

काठमाडौं । राष्ट्रपतिले बुधबार गरेको नागरिकता विधेयक प्रमाणिकरणको विरोधमा सर्वोच्च अदालतमा रिट परेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले निष्क्रिय अवस्थामा रहेको नागरिकता विधेयक प्रमाणीकरण गर्ने निर्णय कानुनविपरत भएको भन्दै सर्वोच्च अदालतमा रिट परेको हो । संसदमा पेश नै नगरी मन्त्रिपरिषद्को सिफारिसमा पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेपछि त्यसविरुद्ध वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीसहितले सर्वोच्चमा रिट दायर गरेका हुन् । हाल दर्ता भइनसकेको उक्त रिटमा राष्ट्रपति पौडेलले गरेको नागरिकता विधेयक प्रमाणीकरण अवैधानिक …

पुरा पढ्नुहॊस »

सिलगुढी–चारआली पाइपलाइन र पेट्राेलियम भण्डारण डिपाे बनाउने समझदारी

काठमाडौँ । नेपाल र भारतबीच अब अर्को पेट्रोलियम पाइपलाइन निर्माण हुने भएको छ । नेपाल र भारतबीच मोतिहारी–अमलेखगण्ड पेट्रोलियम पाइपलाइन निर्माण भई सञ्चालमा आएपछि अब अर्को पाइपलाइन निर्माण गर्ने समझदारी भएको हो । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका दौरान उक्त समझदारी भएको हो । समझदारी अनुसार भारतको सिलगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन निर्माण हुने भएको हो । त्यस्तै, चारआलीमै पेट्रोलियम भण्डारण डिपोका लागि पूर्वाधार निर्माण हुने भएको छ । त्यस्तै पहिलो …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री प्रचण्ड र भारतका समकक्षी मोदीद्वारा रेलमार्गको उद्घाटन

काठमाडौं । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेल्वे सेवाको संयुक्तरुपमा उद्घाटन गरेका छन् । नयाँदिल्लीस्थित भारतका प्रधानमन्त्री मोदीको कार्यालय हैदरावाद हाउसबाट दुई देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाएर कार्गो रेल्वे सेवाको उद्घाटन गरेका हुन् । प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीले झण्डा देखाएपछि बथनाहाबाट भारतीय पक्षले कार्गो रेललाई बिदाइ र बुधनगरमा नेपाली सरकारी अधिकारीले स्वागत गर्नेछन् । विराटनगरस्थित एकीकृत भन्सार …

पुरा पढ्नुहॊस »

भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित तीन जनाको बयान

काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा तीन प्रतिवादीको बयान सुरु भएको छ । काठमाडौँ जिल्ला अदालतमा बिहीबार जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा टोपबहादुर रायमाझी, आङटावा शेर्पा र समशेर मियाँको बयान सुरु भएको हो ।  

पुरा पढ्नुहॊस »

गान्धीको समाधिस्थलमा पुष्पकमलद्वारा पुष्पगुच्छा अर्पण (तस्बिरहरू)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेका छन् । चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले बिहीबार बिहान राजघाट पुगेर समाधिस्थल पुगेर पुष्पगुच्छा अर्पण गरेका हुन् । पुष्पगुच्छा अर्पणपछि हैदरावाद हाउसको निलगिरी कक्षमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने तालिका छ । दुई प्रधानमन्त्रीबीच आधा घण्टा वन टु वन कुराकानी हुनेछ । त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलसहित दुईपक्षीय छलफल हुनेछ । दुवै प्रधानमन्त्रीले केही आयोजनाको संयुक्त उद्घाटन गर्नेछन् …

पुरा पढ्नुहॊस »

मेरो ज्यान जोखिममा छ : उपमेयर रेणु

काठमाडौँ । महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर रेणु कुमारी महतोले आफ्नो ज्यान असुरक्षित भएको बताएकी छन् । उनले कानुन विपरीतका काममा सहयोग नगर्दा आफूलाई ज्यान मार्ने धम्की आएको बताएकी हुन् । नगरपालिका २ निगौलमा निजी जग्गामा सार्वजनिक धर्मशाला बनाउन लाग्दा परेको उजुरीमाथि छलफलको क्रममा आफूमाथि आक्रमण प्रयास भएको उपमेयर महतोले बताइन् । जनकपुरमा पत्रकार सम्मेलन गर्दै उनले मेयर डा. दीपेन्द्र महतो निकटका व्यक्तिहरूलाई आफूलाई सुरक्षा खतरा रहेको बताएकी हुन् ।गौशालाका मेयर …

पुरा पढ्नुहॊस »

एनआरएनएद्वारा नागरिकता विधेयक प्रमाणीकरणको स्वागत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकोमा गैरआवासीय नेपाली संघले स्वागत गरेको छ । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीद्वारा हस्ताक्षरित एक विज्ञप्ति अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेसँगै ‘नेपालको संविधान २०७२’ ले प्रदत्त गरेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकारसहितको ‘गैरआवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने मार्ग प्रशस्त भएको उल्लेख गरिएको …

पुरा पढ्नुहॊस »

रास्वपा सभापति रवि लामिछाने पनि मुम्बईमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमै रहेका बेला सभापति लामिछाने भारत गएका हुन् । उनी बुधबार भारत गएको रास्वपा प्रवक्ता समेत रहेका महामन्त्री डा. मुकुल ढकालले दिएको जानकारी दिए । उनकाअनुसार सभापति लामिछाने पत्नी निकिता पौडेलसहित व्यक्तिगत कामले भारतको मुम्बई गएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेकै दिन र प्रधानमन्त्री दाहाल भारत भ्रमण मै रहेका बेला …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भारतीय प्रधानमन्त्री मोदी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् । भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले नयाँदिल्लीस्थित हैदारावाद हाउसमा भारतीय समकक्षी मोदीसँग भेटवार्ता गर्न लागेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रचण्डले बिहान साढे १० बजे शान्तिको दुत महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम तय भएको छ । राजघाट पुगेर गान्धी प्रति पुस्पगुच्छा अर्पण गर्नेछन् । राजघाटबाट फर्केर प्रधानमन्त्री प्रचण्डले भारतीय …

पुरा पढ्नुहॊस »

यस्तो छ आगामी तीन दिनको मौसमी जानकारी

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । साथै मधेस प्रदेश …

पुरा पढ्नुहॊस »