नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट

काठमाडौं । राष्ट्रपतिले बुधबार गरेको नागरिकता विधेयक प्रमाणिकरणको विरोधमा सर्वोच्च अदालतमा रिट परेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले निष्क्रिय अवस्थामा रहेको नागरिकता विधेयक प्रमाणीकरण गर्ने निर्णय कानुनविपरत भएको भन्दै सर्वोच्च अदालतमा रिट परेको हो ।

संसदमा पेश नै नगरी मन्त्रिपरिषद्को सिफारिसमा पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेपछि त्यसविरुद्ध वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीसहितले सर्वोच्चमा रिट दायर गरेका हुन् । हाल दर्ता भइनसकेको उक्त रिटमा राष्ट्रपति पौडेलले गरेको नागरिकता विधेयक प्रमाणीकरण अवैधानिक भएको जिकिरसहित लागु नगर्नरनगराउन माग गरिएको छ ।

रिटमा नागरिकताको विषय राष्ट्रियतासँग जोडिएकाले यसबारे अलग्गै नीति चाहिने पनि भनिएको छ । रिट निवेदकहरुले नेपालीहरु नागरिकताबाट वञ्चित नहुने र विदेशीले नागरिकता नपाउने व्यवस्था हुनुपर्ने पनि माग गरेका छन् । यही जेठ १२ गते बसेको मन्त्रिपरिषद् बैठकले एक वर्षदेखि शीतल निवासमा थन्किएको उक्त विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति पौडेललाई आग्रह गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाँकेमा युट्यूब हेरेर बनाएको पेस्तोल पड्किएपछि १६ वर्षीय किशोर घाइते

काठमाडौं । बाँकेमा आफैले बनाएको पेस्तोल पड्किँदा एक किशोर घाइते भएका छन् । शनिबार राति …

प्रतिकृया दिनुहॊस