बजेटमाथि पहिलो पटक मतदान हुँदा बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभामा बजेटमाथि पहिलो पटक मतदान हुँदा बहुमतले पारित भएको छ । बुधबार आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयक पारित गर्न मतदान गरिएको हो ।

मत विभाजन हुँदा पक्षमा १४७ र विपक्षमा १०८ मत पर्‍यो । नेकपा एमालेसहितका विपक्षी दलका सांसदहरूले गरेको संशोधन प्रस्ताव अस्वीकृत गर्दै विनियोजन विधेयक मत विभाजन हुँदा बहुमतले पारित भएको हो ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ध्वनि मतबाट पास गर्न निर्णायर्थ पेश गरेको विनियोजन विधेयकलाई एमालेले मत विभाजनमा लैजान माग गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री