रास्वपाले तोक्यो ७७ जिल्लाका लागि सम्पर्क सांसद (नाम र नम्बरसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ७७ वटै जिल्लामा सम्पर्क सांसद तोकेको छ । देशभरका नागरिकहरुले सीधा सम्पर्क गरी आफ्नो आवाज संसद्सम्म बुलन्द गर्न सघाउ पुगोस् भनेर सम्पर्क सांसद तोकिएको हो ।

सहमहामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा साझा गरिएको पोष्टमा भनिएको छ, ‘देशको विद्यमान राजनैतिक परिस्थिति चुनौतिपूर्ण छ । एकअर्कामा खुट्टा तान्ने होडमा रहेका तमाम नेता र पद र सत्ताका लागि गठबन्धन गर्ने, नागरिकका सवालमा विमुख हुने दलहरुका कारण देश थप अस्थिरताको मार खेप्दै छ, जनता थिलथिलो भएका छन् । चरम बेथिति, भ्रष्टाचार, पट्यार लाग्दो सेवा विमुख प्रशासन, वर्षौं अलपत्र विकास योजना, झन्झटिला प्रक्रिया, कान थुनिएको न्याय प्रणाली, अटेरी व्यवस्था, विभेद, असमान आर्थिक उदारीकरण र तमाम जनभावना विरोधी गतिविधिले रुपान्तरणको खोजीमा हाम्रो आगमनलाई थप प्रतिक्षा गरिरहेको अवस्था छ ।’

कुन जिल्लाका लागि कुन सम्पर्क सांसद ?
-रवि लामिछाने ९८५१३६०५५५ सभापति, संसदीय दलको नेता
-डोलप्रसाद अर्याल ९८५१३३६७७४ बारा, धादिङ, कञ्चनपुर, कैलाली
-विराजभक्त श्रेष्ठ ९८६७४३७६०८ गुल्मी, दार्चुला, अछाम, पाल्पा
-श्री सन्तोष परियार ९८५११४५०२२ भक्तपुर, अर्घाखाँची, दैलेख, बाजुरा
-निशा डाँगी ९८६०१५१२४७ झापा, मोरङ, इलाम, सल्यान
-मनिष झा ९८५१०७३७७५ धनुषा, रौतहट, रुपन्देही, बझाङ
-गणेश पराजुली ९८५१०३९५६४ ओखलढुङ्गा, खोटाङ, सिराहा, डडेलधुरा
-सोबिता गौतम ९८६०६६०८२७ दोलखा, रामेछाप, सिन्धुपाल्चोक, जाजरकोट
-सुमना श्रेष्ठ ९८०१०८३५५२ रसुवा, काठमाडौं, रुकुम (पूर्व), रुकुम (पश्चिम)
-डा. तोसिमा कार्की ९८४३२६७९६० ताप्लेजुङ, पाँचथर, डोटी, ललितपुर
-शिशिर खनाल ९८५१२३४५६२ रोल्पा, दाङ, सर्लाही, सप्तरी
-हरि ढकाल ९८५११६४१६८ सोलुखुम्बु, चितवन, नवलपुर, उदयपुर
-डा. स्वर्णिम वाग्ले ९८५५०६६१०७ गोरखा, पर्सा, बैतडी, तनहुँ
-डा. चन्दा कार्की ९८५१०२६७९३ भोजपुर, सिन्धुली, मनाङ, महोत्तरी
-असिम शाह ९८५१०९०४९३ काभ्रेपलाञ्चोक, नुवाकोट, मुस्ताङ, कपिलवस्तु
-लक्ष्मी तिवारी ९८५८०२३२८० प्युठान, परासी, बर्दिया, बाँके
-अशोक कुमार चौधरी ९८०४३२८००५ धनकुटा, तेह्रथुम, संखुवासभा, सुनसरी
-शिव नेपाली ९८५६०४४३७१ लमजुङ, म्याग्दी, पर्वत, कास्की
-बिनिता कठायत ९८४०८४०७४६ जुम्ला, कालिकोट, मुगु, हुम्ला, सुर्खेत, डोल्पा
-श्री विन्दबासिनी कांसकार ९८४२०९६९४३ स्याङ्जा, बाग्लुङ, मकवानपुर

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत गर्दै नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन …

प्रतिकृया दिनुहॊस