अमेरिकी वाणिज्य दूतावास नजिकै गोली चल्यो, नेपाली सुरक्षागार्डको मृत्यु

एजेन्सी । साउदी अरेबियाको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवन नजिकै गोली चलेको छ । बुधबार गोली लागेर वाणिज्य दूतावासको निजी सुरक्षा गार्डमा कार्यरत एक नेपाली कामदार र अर्का बन्दुकधारी गरी दुई जनाको मृत्यु भएको हो ।

वाणिज्य दूतावासको निजी सुरक्षा गार्डमा कार्यरत एक नेपाली कामदार घाइते र पछि मृत्यु भएको बताइएको छ । नेपाली मृतक गार्डको बारेमा थप जानकारी भने खुलिसकेको छैन ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार यस घटनामा कुनै पनि अमेरिकी अधिकारीलाई क्षति पुगेको छैन । गोली प्रहारबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालको आफ्नै भू–उपग्रह स्थापना गर्ने सरकारको योजना

काठमाडौं । सरकारले नेपालको आफ्नै भू-उपग्रह स्थापना गर्ने भएको छ । सरकारकाे आउँदाे आर्थिक वर्षकाे …

प्रतिकृया दिनुहॊस