काठमाडाैं । चितवनकाे भरतपुर महानगर र रत्ननगर नगरपालिकाबीच पर्ने टिकौली जंगलमा ८ वटा सवारी एकापसमा ठोक्किएर दुर्घटना भएका छन् । जंगलको बाटोको तीव्र गतिमा रहेका सवारी एकआपसमा ठोक्किएका हुन् । अक्सफोर्ड कलेजको बस, शव बोकेको बोलेरो भ्यान, चार मोटरसाइकल र एक स्कुटर पनि दुर्घटनाग्रस्त भएका हुन् । स्थानीयले सामाजिक सञ्जालमा राखेको तस्बिर र भिडियोमा दुर्घटना निकै भयानक देखिएको छ । दुर्घटनास्थलमा प्रहरी पुगिसकेको छ । स्थानीयले घाइतेको उद्धार थालिसकेका छन् …
पुरा पढ्नुहॊस »अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा समेट्ने योजनाको प्रधानमन्त्रीद्वारा औपचारिक घोषणा
काठमाडाैं । सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न सुरु गरेको छ । उक्त कार्यक्रम आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक घोषणा गरेका हुन् । प्रज्ञा भवन कमलादीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ल्यापटपमा स्वीच थिचेर औपचारिक घोषणा गरेका हुन् । अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई २०८० वैशाख १ गतेदेखि कोषमा समेट्ने गरी गत मंसिर २५ गते अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना …
पुरा पढ्नुहॊस »कांग्रेस सांसद चन्द्र भण्डारी अस्पताल भर्ना
काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी अस्पताल भर्ना भएका छ । आगलागीमा परेर उपचार गराइरहेका सांसद भण्डारी बुधबार कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना भएका हुन् । गत ३ फागुनमा आफ्नै घरमा ग्यास लिक हुँदा भएको आगलागीमा परेका उनी लामो समय भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचार गरेर स्वदेश फर्किएका थिए । आफू बुधबार अस्पताल भर्ना भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। अस्पताल भर्ना हुनुअघि सामाजिक सञ्जालमा उनले लेखेका छन्, …
पुरा पढ्नुहॊस »कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ६ र ७ गते (सूचनासहित)
काठमाडौँ । कक्षा १२ को ग्रेडवृद्धि (पुरक परीक्षा) असोज ६ र ७ गतेका लागि तय भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै पूरक परीक्षामा सहभागी हुने विद्यार्थीलाई भदौ ३१ गतेसम्म आवेदन फाराम भरिसक्न आग्रह गरेको छ । पहिलो दिन असोज ६ गते अनिवार्य अंग्रेजी र एक विषयमा परीक्षा दिने सबै परीक्षार्थीहरूका सबै विषयको परीक्षा हुनेछ । दोस्रो दिन असोज ७ गते दुई विषयमा परीक्षा दिने विषयहरूमध्येको बाँकी रहेको …
पुरा पढ्नुहॊस »प्रधानमन्त्री प्रचण्डको गुनासो- तस्करीको सुन समाउँदा किन समाइस् भनेर प्रश्न गर्न मिल्छ ?
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नै तस्करीको सुन पक्राउ गर्न लगाएको खुलासा परेका छन् । बालुवाटारमा मंगलबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरसंवाद गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो खुलासा गरेका हुन् । उनले सुशासन कायम गर्नकै लागि नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास प्रकरणका फाइलहरू खोलिएको र सुन तस्करी नियन्त्रणमा लिने गरी पहलकदमी अघि बढाइएको बताए । आफूले सुन तस्करहरू समाउँदा स्याबासी पाउनुपर्नेमा उल्टै सुन किन समाइस् भनेर प्रश्न गर्ने …
पुरा पढ्नुहॊस »पेट्रोल, डिजेल र मट्टितेलमा नयाँ मूल्य (निगमको विज्ञप्ति)
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम व्यवस्थापनको मंगलबारको बैठकले मूल्य समायोजन गरेको हो । भारतबाट मूल्य बढेर आएकाले भाउ बढाइएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नयाँ मूल्य आजदेखि लागू भएको हो । डिजेलमा एकैपटक प्रतिलिटर १४ रुपैयाँ मूल्य बढाइएको छ । मट्टितेलमा पनि १४ रुपैयाँ नै मूल्य बढाइएको छ । पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाइएको छ । नयाँ मूल्य अनुसार अब पेट्रोल …
पुरा पढ्नुहॊस »बुधबार कुन प्रदेशको मौसम कस्तो ? (तीन दिनको पूर्वानुमान)
काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी भू-भागको एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सबै प्रदेशका पहाडी भू-भागको केहि स्थानहरुमा र बाँकी भू-भागको थोरै स्थानहरुमा चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको …
पुरा पढ्नुहॊस »जग्गाको कित्ताकाट खुल्यो
काठमाडौं । सरकारले भूउपयोग नीति पारित गर्दै कित्ताकाट खुला गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भूउपयोग नीति पारित गर्दै कित्ताकाट खुला गरेको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले दिएको जानकारी अनुसार सरकारले गोरखामा भेटिएको ढुंगा (क्वार्ज क्रिस्टल) लाई गोरखा दरवारमा राख्ने निर्णय पनि गरेको छ । साथै ढुंगा राखेका परिवारलाई सरकारले उचित पुरस्कार दिने निर्णय गरेको छ । गोरखा नगरपालिका ७ स्थित चन्द्रमान शाहीको घरबाट चम्किलो ढुंगा …
पुरा पढ्नुहॊस »कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ
काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा मंगलबार अपरान्ह सार्वजनिक भएको हो । परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए । बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा …
पुरा पढ्नुहॊस »तस्करीको सुन गालेर जोख्दा ६० केजी ७१६ ग्राम तौल
काठमाडौं । त्रिभुवन विमानस्थल बाहिरबाट राजस्व अनुसन्धान विभागले यहि साउन ३ गते बरामद गरेको तस्करीको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम कायम भएको छ । मोटरसाइकलको ‘ब्रेक सु’ बाट छुट्याएर गालिएको सुन तौल गर्दा ६० किलो ७१६ ग्राम मात्रै भएको हो । बरामदको समयमा उक्त सुन १०० किलो रहेको अनुमान गरिएको थियो । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा गालिसकेपछि सुन जोखिएको हो …
पुरा पढ्नुहॊस »