जग्गाको कित्ताकाट खुल्यो

काठमाडौं । सरकारले भूउपयोग नीति पारित गर्दै कित्ताकाट खुला गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भूउपयोग नीति पारित गर्दै कित्ताकाट खुला गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले दिएको जानकारी अनुसार सरकारले गोरखामा भेटिएको ढुंगा (क्वार्ज क्रिस्टल) लाई गोरखा दरवारमा राख्ने निर्णय पनि गरेको छ ।

साथै ढुंगा राखेका परिवारलाई सरकारले उचित पुरस्कार दिने निर्णय गरेको छ । गोरखा नगरपालिका ७ स्थित चन्द्रमान शाहीको घरबाट चम्किलो ढुंगा फेला परेको थियो । पछि त्यसलाई जाँच गर्दा क्वार्ज क्रिस्टल रहेको प्रमाणित भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विश्वास गरेकै मन्त्रीहरूले गतिलो काम नगरेपछि प्रधानमन्त्री ओली असन्तुष्ट, मन्त्री हेरफेर गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सरकारमा सहभागी मन्त्रीहरू परिवर्तनको …

प्रतिकृया दिनुहॊस