Tag Archives: mainnews

एमालेलाई अर्थमन्त्रीले भने- सरकार बाहिर बस्नै नसक्ने मनस्थिति बनाउनु ठिक होइन

जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवं अर्थमन्त्री प्रकाशशरण महतले नेकपा एमालेले सदनलाई बन्धक बनाएकोमा आपत्ति जनाएका छन् । जनकपुरधाममा नेपाल प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘सदन छलफल र बहस गरेर समस्या समाधान गर्ने थलो हो । धेरै ऐनहरु बनाउनु छ । संघीय कानून नबनेर समस्या आइरहेको छ । तर एमालेले सदनमा छलफल नै हुन दिएन ।’ एमालेले राजीनामा मागेको छ नि भन्ने जिज्ञासामा उनले भने, ‘सरकार बन्ने बनाउने …

पुरा पढ्नुहॊस »

लक्षित वर्गको निःशुल्क उपचारका लागि बन्यो मस्यौदा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लक्षित वर्गको निःशुल्क उपचारलाई प्रणालीमा आधारित, व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन कार्यविधिको मस्यौदा तयार पारेको छ । स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड २०७७ बमोजिम लक्षित वर्ग (विपन्न, असहाय, वेवारिसे) व्यक्तिको निःशुल्क उपचारका लागि कुलमध्ये १० प्रतिशत शय्या उपलब्ध गराउने व्यवस्था कार्यान्वयनका विधि, प्रक्रिया र दायित्वहरु मस्यौदामा राखिएका छन् । कार्यविधिमा अनुगमन मूल्याङ्कनलाई मार्ग निर्देश गर्न महानगरपालिकाका प्रमुखको संयोजकत्वमा व्यवस्थापन समितिको प्रस्ताव गरिएको छ । समितिमा उपप्रमुख, …

पुरा पढ्नुहॊस »

शुक्लाफाँटामा सेप्टी ट्याङ्कीमा फसेर हात्तीको मृत्यु (तस्बिरहरू)

काठमाडौँ । कञ्चनपुरमा हात्तीको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक बनको शौचालयको सेप्टी ट्याङ्कीमा परेर बिहीबार बिहान जङ्गली हात्तीको मृत्यु भएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख किशोरकुमार मेहताले हात्तीको पछाडिको शरीर सेप्टी ट्याङ्कीमा परेको अवस्थामा मृत भेटिएको जानकारी दिए । उनकाअनुसार मृत भेटिएको हात्तीलाई सेप्टी ट्याङकीबाट निकालेर शव परीक्षण गरेर अन्त्येष्टि गरिनेछ ।

पुरा पढ्नुहॊस »

रास्वपाले माग्यो ७ अनुशासन आयोग प्रमुख, योग्यता कति ?

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अनुशासन आयोग प्रमुख मागेको छ । एक सार्वजनिक सूचना जारी गर्दै ७ वटै प्रदेशमा अनुशासन आयोग त्यहाँ रहने पदाधिकारी र सदस्यहरू माग गरेको हो । राप्रपाले पार्टीको विधान, सिद्धान्त, दर्शन, प्रतिवद्धता र उद्देश्य बमोजिमका कार्यहरूमा हुनसक्ने अवरोध, विसंगति तथा आर्थिक अनियमितता निर्मुल पार्न तथा पार्टी सदस्य र विभिन्न तहगत संरचनामा रहेका पदाधिकारीहरूलाई अनुशासित, मर्यादित बनाउन ७ वटै प्रदेश र जिल्ला समितिमासमेत अनुशासन आयोग बनाउन …

पुरा पढ्नुहॊस »

लोक सेवा आयोगले माग्यो ३६० जना हलुका सवारी चालक

काठमाडौँ । लोक सेवा आयोगले ३६० जना हलुका सवारी चालकका लागि आवेदन आव्हान गरेको छ । आज एक सूचना जारी गर्दै आयोगले योग्यता पुगेका नागरिकहरूले आगामी भदौ १९ गतेसम्म आवेदन दिन सक्ने उल्लेख गरेको छ । दोब्बर दस्तुर तिरेर भने भदौ २६ गतेसम्म आवेदन दिन सकिनेछ । आवश्यक कागजपत्रसहित आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन आयोगले सूचनामार्फत आग्रह गरेको छ ।

पुरा पढ्नुहॊस »

आज फेरि भारी वर्षाको सम्भावना (तीन दिनको पूर्वानुमान)

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर अर्थात् नेपाल नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू(भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी प्रदेशको धेरै स्थानहरूमा, कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू–भागको केहि स्थानहरूमा र …

पुरा पढ्नुहॊस »

डा. चन्द्र भण्डारीको हातको शल्यक्रिया सफल

काठमाडौं – प्रतिनिधि सभाका सांसद एवं नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीको हातको शल्यक्रिया सफल भएको छ । कीर्तिपुर अस्पतालमा बुधबार बिहानदेखि सुरु गरिएको नेता भण्डारीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो । गत ४ फागुनमा उनको घरको भान्छाकोठामा विस्फोट हुँदा उनी जलेर गम्भीर घाइते भएका थिए । भारतमा उपचार गरी फर्किएका उनको हातको शल्यक्रिया गर्नुपर्ने भएको थियो । प्राडा बिडि झाको नेतृत्वमा रहेको ११ जनाको चिकित्सक टोली उनको हातको शल्यक्रिया …

पुरा पढ्नुहॊस »

सुन तस्करी प्रकरणमा थप चार चिनियाँ नागरिक समातिए

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट बाहिरिएको अवस्थामा साउन ३ गते बरामद भएको ६० किलो ७१६ ग्राम सुन प्रकरणमा प्रहरीले थप चार चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । ती चिनियाँ नागरिकलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंबाट पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिएका छन् । पक्राउ परेका ती चारै जना चिनियाँ नाम प्रहरीले खुलाइसकेको छ । उनीहरुलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदातलमा उपस्थित …

पुरा पढ्नुहॊस »

अर्थतन्त्र लयमा फर्किएको छ : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेको दाबी गरेका छन् । बुधबार काठमाडौँमा आयोजित उद्यमशील युवा, श्रृजनशील युवा विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कोरोना भाइरस र अन्य वाह्य कारणले नेपालको अर्थतन्त्र धराशायी बनेपनि अहिले बिस्तारै लयमा फर्किएको दाबी गरे । उनले अर्थतन्त्रलाई अझै चलायमान र सुदृढ बनाउन सकारात्मक सोच र प्रचारको आवश्यकता रहेको बताए । अहिले देशभर नकारात्मक विचारहरु बढी प्रचार …

पुरा पढ्नुहॊस »

गाडी भाडा बढ्यो, आजैबाट लागू

काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडा बृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुबाहक र मालवाहक सवारीको नयाँ भाडादर निर्धारण गरेको छ । बढेको भाडादर आजैबाट लागु भएको हो । तोकिएको भाडादर अनुसार अब यात्रुबाहक सवारी साधनको भाडा ४.७० प्रतिशतले वृद्धि भएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ६.१५ प्रतिशत र तराईको बाटोमा सञ्चालन …

पुरा पढ्नुहॊस »