काठमाडाैँ । सुन तस्करीको विषयमा लिएर साउन १० गतेदेखि संघीय संसद्का दुवै सदन अवरुद्ध छन् । सत्ता पक्ष र प्रमुख प्रतिपक्षीबीच भएका संवाद फलदायी नहुँदा सदन खुलाउने विषय पेचिलो बनेको छ । दलहरूले अहिलेकै अडान कायम राख्ने हो भने सदनभित्र जनजीविकाका विषय प्रवेश गर्न नपाउने अवस्था देखिँदै गएको छ । जनताका दुःख पीडा, समस्या र समाधानबारे चर्को बहस हुनुपर्ने संसद्मा जिन्दावाद र मूर्दावादका नारा गुन्जिन्छन् । जताका मुद्दामा बहस हुँदैन …
पुरा पढ्नुहॊस »काठमाडौँमा अब कक्षा १० सम्मै दिवा खाजा (सूचनासहित)
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयका कक्षा १० सम्मका बालबालिकालाई दिवा खाजाको व्यवस्था गर्ने भएको छ । त्यसका लागि प्रतिविद्यार्थी दैनिक ३० रुपैयाँ छुट्याइएको महानगरपालिकाले जनाएको छ । सङ्घीय सरकारले देशभरका सामुदायिक विद्यालयका कक्षा ६ सम्मका बालबालिकालाई दिवा खाजा खुवाउन प्रतिविद्यार्थी दैनिक १५ रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले दिने गरेको रकममा शतप्रतिशत रकम थप गरी महानगरले कक्षा १० सम्मकै विद्यार्थीका लागि रकम छुट्याएको छ । काठमाडौँ …
पुरा पढ्नुहॊस »कांग्रेस नेता चन्द्र भण्डारी डिस्चार्ज
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारी आज उपचारपछि कीर्तिपुरस्थित बर्न सेन्टरबाट ‘डिस्चार्ज’ भएका छन् । उपचारमा संलग्न चिकित्सक डा किरण नकर्मीले शल्यक्रियाबाट स्वास्थ्यमा सुधार देखिएपछि उनलाई डिस्चार्ज गरिएको जानकारी दिए । ‘शल्यक्रियापछि उनको स्वास्थ्य अवस्थामा सुधार आएको छ, अब घरमै आराम गर्नुहुन्छ,’ उनले भने, ‘विस्तारै विस्तारै उहाँको स्वास्थ्यमा सुधार हुन्छ ।’ डा नकर्मीले बाहिर सङ्क्रमणबाट जोगाउनका लागि उनलाई दुई हप्तासम्म अन्य व्यक्तिको सम्पर्कमा पनि नआउनसमेत भनिएको …
पुरा पढ्नुहॊस »दावा छिरिङसहित ७ चिनियाँसँग भेटियो नेपाली नागरिकता र राहदानी
काठमाडौँ । गत साउन ३ गते बरामद भएको करिब ६० केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसहित सात जना चिनियाँसँग नेपाली नागरिकता भेटिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूको साथबाट नेपाली नागरिकता र राहदानी बरामद गरेको हो । सातै जना आरोपीले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नेपाली नागरिकता र राहदानी बनाएको सीआईबी जनाएको छ । प्रहरीले गत बुधबार काठमाडौँबाटै सुन तस्करी प्रकरणमा चार जना …
पुरा पढ्नुहॊस »विदेशी मुद्रा सञ्चिति बढेर १५ खर्ब ३९ अर्ब पुग्याे, ११.७ महिनाको वस्तु आयात धान्ने
काठमाडौँ । गत आर्थिक वर्षको अन्तिमसम्म अर्थात् २०७९ असार मसान्तसम्म एक वर्षमा विदेशी मुद्रा सञ्चिति २३.१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अवस्था प्रतिवेदनले मुद्रा सञ्चिति बढेको देखाएको हो । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले बढेर २०८० असार मसान्तमा रु.१५ खर्ब ३९ अर्ब ३६ करोड पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति …
पुरा पढ्नुहॊस »हामी सरकारमा रहँदासम्म सुशासनको अभियान रोकिँदैन : गृहमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनको अभियान नरोकिने बताएका छन् । उनले सुशासन अभियानविरुद्ध भ्रष्टाचार र तस्करका संरक्षकहरूले घेराबन्दी गर्न खोजेपनि अभियान नरोकिने बताएका हुन् । गोरखाको अजिरकोट गाउँपालिका-२ स्थित भच्चेकमा ‘भच्चेक आधारभूत अस्पताल’को उद्घाटन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकहरूको धम्कीबाट आफू नडराउने बताए । ‘सरकारलाई, मन्त्रीलाई घेराबन्दीमा राख्छौँ भनेर कसैले नसोचे हुन्छ। हामी पदका लागि होइन, देश र जनताको सेवा गर्न आएका हौँ,’ उनले …
पुरा पढ्नुहॊस »काठमाडौँका यी क्षेत्रमा हुँदैछ शनिबार विद्युत सेवा अवरुद्ध
काठमाडाैँ । काठमाडौँका विभिन्न क्षेत्रमा शनिबार विद्युत् सेवा अवरुद्ध हुने भएको छ। लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु-स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने गरी कार्य भइरहेकोले काठमाडौँका विभिन्न ५० भन्दा बढी क्षेत्रको विद्युत् सेवा अवरुद्ध हुन लागेको हो। नेपाल विद्युत् प्राधिकरणका अनुसार स्युचाटार सबस्टेसनबाट आपूर्ति भइरहेका विभिन्न फिडरहरूमा बिहान १० बजेदेदि दिउँसो ३ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने छ।साथै सम्बन्धि त टेकु, बालाजु, …
पुरा पढ्नुहॊस »डोटीमा मेयर र स्वकीयको झगडा, राजेशको टाउकोमा टाका
काठमाडौँ । डोटीमा एक नगर प्रमुख (मेयर) र उनका आफ्नै स्वकीय (सहयोगी)बीच विवाद भएको छ । जिल्लाको शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बलायर र स्वकीय सचिव राजेश ठगुन्नाबीच विवाद भएको हो । राजेशले आफूलाई मेयरबाट खुकुरी प्रहार भएको आरोप लगाएका छन् । तर मेयरले भने सो आरोप झुटो भएको दाबी गरेका छन् । प्रहरीका अनुसार बिहीबार राति करिब साढे ११ बजेको समयमा उनीहरुबीच शिखर नगरपालिकाको वडा नम्बर ११ स्थित बान्डुनिसैनमा …
पुरा पढ्नुहॊस »सुन प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ
काठमाडौँ । हङकङबाट आएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न आरोपमा थप दुईजना चिनियाँ नागरिकलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । गएराति उनीहरूलाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । साउन ३१ मा सिआईबीले चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । बुधवार पक्राउ परेका टीयान मि र वेन तोङ दम्पती हुन् । उनिहरुले ठमेलमा ‘केटीबी’ नामको रेष्टुरेण्ट संचालन गरेका छन् । डिङ सेग्फा र ली–नेङकाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट …
पुरा पढ्नुहॊस »बैंकहरूको नयाँ ब्याजदर लागू, कुनको कति ? (सूचीसहित)
काठमाडौं । बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर लागू भएको छ । भाद्र १ गते अर्थात आजदेखि नयाँ ब्याजदर लागू भएको हो । बैंकहरूले सार्वजनिक गरेका ब्याजदर नियाल्दा २० वटा बैंकमध्ये १२ वटा बैंकहरूले ब्याजदर बढाएका छन् । ४ वटा बैंकहरूले ब्याजदर घटाउँदा ४ वटा बैंकहरूले भने आफ्नो ब्याजदर स्थिर राखेका छन् । भाद्र महिनाको लागि बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर बढाएर अधिकतम १०.८९६ प्रतिशत पुर्याएका छन् । अधिकांश बैंकहरूले भाद्र …
पुरा पढ्नुहॊस »