छेन्दुमा प्रधानमन्त्री प्रचण्ड र सिचुवान प्रान्तका सेक्रेटरीबीच भेटवार्ता (तस्बिरहरू)

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार छेन्दुमा चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरी वाङ झियाहोऊसँग भेटवार्ता गरेका छन् ।PRO KTM 08सिचुवान प्रान्तीय जनकांग्रेसका स्थायी समिति अध्यक्षसमेत रहेका वाङ नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलसँग प्रचण्डले द्विपक्षीय भेटवार्ता गरेका हुन् । भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री लीसहितको उच्चस्तरीय भेटवार्ता र दुई देशको तर्फबाट जारी विज्ञप्तिको स्मरण गरे ।PRO KTM 06 1उनले छुङकिङ, तिब्बत र सिचुवानको भ्रमणका क्रममा पार्टी प्रमुखहरुसँगको भेटवार्ताले सहमति कार्यान्वयन र दुई देशबीच नयाँ र उच्चस्तरको सम्बन्ध विकासमा नयाँ कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरे । चीनसँगको पारवहन सन्धिको कार्यान्वयनले अब भूपरिवेष्ठित होइन भू–सम्बन्ध जोड्ने देश भएको प्रधानमन्त्रीले बताएका छन् ।PRO KTM 09 1त्यस क्रममा सिचुवान प्रान्तका पार्टी सेक्रेटरी वाङले प्रचण्ड चीनको असल साथी भएको बताए । उनले प्रचण्डको नेतृत्वमा नेपाल–चीन सम्बन्ध नयाँ आधारमा विकास हुने विश्वास व्यक्त गरे । नेपाल र चीन बीचको समझदारी कार्यान्वयन गर्न आफूहरु प्रतिबद्ध रहेको पनि वाङले बताए । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल भोलि (शनिबार) छेन्दुबाट नेपाल फर्किने कार्यक्रम छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप