आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
पुरा पढ्नुहॊस »घट्यो बजेट लक्ष्य, यस्तो छ अर्धवार्षिक समीक्षा (पूर्णपाठ)
काठमाडौं । सरकारले बजेटको लक्ष्य घटाएको छ । सोमबार चालु आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आवमा ८७.३८ प्रतिशत मात्रै खर्च हुने बताए । चालु आवमा १७ खर्ब ५१ अर्ब ३१ करोड बजेट ल्याएका अर्थमन्त्री महतले संशोधित अनुमान अनुसार १५ खर्ब ३० अर्ब २६ करोड मात्रै खर्च हुने बताए । जसमध्ये पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएकोमा ८४.१३ …
पुरा पढ्नुहॊस »अनिल र भीमको शतकमा नेपालद्वारा सिरिज क्लिन स्विप
काठमाडौं । नेपालले क्यानडाविरुद्धको एकदिवसीय सिरिज क्लीन स्वीप गरेको छ । सोमबार टियु मैदानमा सम्पन्न खेलमा नेपालले क्यानडालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज क्लीनस्वीप गरेको हो । क्यानडाले दिएको २३३ रनको लक्ष्य पछाएको नेपालले ४४.३ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि अनिल शाह र भीम सार्की शतकीय पारी खेलेका थिए । अनिलले अविजित ११२ र भीमले अविजित १०१ रन बनाएका थिए । अनिल …
पुरा पढ्नुहॊस »गृह मन्त्रालयले भन्यो- जनयुद्ध दिवसमा बिदा दिइएको छैन
काठमाडौं । गृह मन्त्रालयले भोलि फागुन १ गते सार्वजनिक बिदा नरहेको बताएको छ । गत वर्ष फागुन १ गते सार्वजनिक बिदा दिइएको थियो । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार सूचना निकालेर फागुन १ गते मंगलबार सार्वजनिक बिदा कायम नरहेको उल्लेख गरेका छन् । संघीय सरकारले गत वर्ष ‘जनयुद्ध दिवस’ का दिन फागुन १ मा बिदा दिएको थियो । तर सर्वोच्च अदालतले उक्त बिदा बदर गरिदिएको थियो। सर्वोच्चले बिदा बदर …
पुरा पढ्नुहॊस »चर्चित रक्तदाता अर्जुन मैनालीले गरे आत्मदाह, बिहानै लेखेका थिए भावुक सन्देश
काठमाडौं । चर्चित रक्तदाता अर्जुन मैनालीले आत्मदाह गरेका छन् । बिहानै श्रीमतीलाई सम्बोधन गरेर फेसबुकमा भावुक सन्देश लेखेका मैनालीले आत्मदाह गरेका हुन् । स्टाटस लेखेर सम्पर्कविहीन भएका उनले नर्थ क्यारोलिनाको क्वेष्ट पार्कमा गाडीसहित आगो लगाएर आत्मदाह गरेको बुझिएको छ । अमेरिकी समय अनुसार साढे ३ देखि ४ बजेको समयमा मैनालीले गाडी बन्द गरेर आगो लगाइ आफैलाई जलाएका हुन् । प्रहरीले पनि घटनाको पुष्टि गरेको छ । काभ्रेपलान्चोकको कोटथुम्का, सिपाली पुर्ख्यौली …
पुरा पढ्नुहॊस »चौधरीलाई ‘दुई दिनभन्दा बढी थुनामा नराख्न’ आदेश दिने न्यायाधीशको मुगु सरुवा
काठमाडौं । बाँसबारी जग्गा प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका अरुण चौधरीसहित ३ जनालाई दुई दिन भन्दा बढी हिरासतमा नराख्न आदेश दिने जिल्ला अदालत काठमाडौंका न्यायाधीस यज्ञप्रसाद आचार्य कारबाहीमा परेका छन् । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले जिल्ला अदालत, काठमाण्डौले दिएको आदेशउपर गम्भीर कैफियत जनाउँदै त्यसमा सँलग्न न्यायाधीशलाई सजायस्वरुप दुर्गम मुगुमा काज सरुवा गरेका हुन् । उनको ठाउँमा न्यायाधीश रमाकान्त अधिकारीलाई ल्याइएको छ । प्रहरीले हिरासतमा राख्न अनुमति लिएको चार दिनको म्याद सकिएपछि …
पुरा पढ्नुहॊस »नेपाली नक्कली नोट कारोबारमा भारतीय, १ करोड ८२ लाख नक्कली नोट बरामद
काठमाडौं । भारतीय नम्बर प्लेटको स्करपियो गाडीमा एक करोड ८२ लाख ५१ हजार नक्कली नोट सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरिक्षक विपीन रेग्मीका अनुसार आइतबार भारतीय नम्बर बीआर ११ एक्स ३४२९ स्कारपियोमा शंका लागेर जाँच गर्दा नक्कली नोट बरामद भएको हो । ट्राफिक प्रहरीले सुनसरीको इनरुवा नगरपालिका ४ स्थित सुनसरी खोला नजिक पूर्व पश्चिम राजमार्गमा चेकजाँचका क्रममा नोट बरामद गरेको हो। …
पुरा पढ्नुहॊस »बदलिए हर्क साम्पाङ : चाँडै राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर राख्ने प्रतिबद्धता
काठमाडाैं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले नगर प्रमुखको कार्यकक्षबाट आफैँले हटाएको राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर चाँडै आफूले राख्ने बताएका छन् । आइतबार केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित विज्ञान, शिक्षा तथा प्रविधि मन्त्री अशोककुमार राई प्रमुख अतिथि रहेको कार्यक्रममा विशेष अतिथि मेयर साम्पाङले भने, ‘मैले सधैँका लागि राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएको होइन, चाँडै लगाउँछु ।’ मन्त्री …
पुरा पढ्नुहॊस »आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)
आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
पुरा पढ्नुहॊस »अफताब आलमको मुद्दामा साक्षी झिकाउन आदेश
काठमाडौं । जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफ्ताव आलमविरुद्ध मुद्दामा साक्षी झिकाउन आदेश जारी गरेको छ । मुद्दा प्रक्रिया सुरू भएको करिब ४ वर्षपछि न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले आलमविरुद्ध मुद्दामा साक्षी झिकाउन आदेश दिएको हो । सो आदेशसँगै अब म्यादपत्र गएपछि साक्षीहरू अदालतमा उपस्थित हुनेछन् र अदालतले उनीहरूको बकपत्र लिनेछ। बकपत्र लिएपछि पुन:पेशी तोकिनेछ । संविधानसभा निर्वाचनमा धाँधलीका लागि ल्याएको बम २०६४ चैत २७ गते …
पुरा पढ्नुहॊस »