घट्यो बजेट लक्ष्य, यस्तो छ अर्धवार्षिक समीक्षा (पूर्णपाठ)

काठमाडौं । सरकारले बजेटको लक्ष्य घटाएको छ । सोमबार चालु आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आवमा ८७.३८ प्रतिशत मात्रै खर्च हुने बताए ।

चालु आवमा १७ खर्ब ५१ अर्ब ३१ करोड बजेट ल्याएका अर्थमन्त्री महतले संशोधित अनुमान अनुसार १५ खर्ब ३० अर्ब २६ करोड मात्रै खर्च हुने बताए । जसमध्ये पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएकोमा ८४.१३ प्रतिशत मात्रै खर्च हुने उनको भनाइ छ ।

चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा ८८.२४ प्रतिशत मात्रै खर्च हुने संशोधित अनुमान रहेको बताए । वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड विनियोजन गरिएकोमा ८७.३९ प्रतिशत खर्च हुने अनुमान उनको छ ।

हेर्नुहोस् अर्धवार्षिक समीक्षा : पूर्णपाठ

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

श्रमिकले रेमिट्यान्स पठाउने सुनिश्चिता गरेमा विना धितो ऋण पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१ /०८२ मा श्रमिकले रेमिट्यान्स पठाउने सुनिश्चिता …

प्रतिकृया दिनुहॊस