गृह मन्त्रालयले भन्यो- जनयुद्ध दिवसमा बिदा दिइएको छैन

काठमाडौं । गृह मन्त्रालयले भोलि फागुन १ गते सार्वजनिक बिदा नरहेको बताएको छ । गत वर्ष फागुन १ गते सार्वजनिक बिदा दिइएको थियो ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार सूचना निकालेर फागुन १ गते मंगलबार सार्वजनिक बिदा कायम नरहेको उल्लेख गरेका छन् । संघीय सरकारले गत वर्ष ‘जनयुद्ध दिवस’ का दिन फागुन १ मा बिदा दिएको थियो ।

तर सर्वोच्च अदालतले उक्त बिदा बदर गरिदिएको थियो। सर्वोच्चले बिदा बदर गरिदिएपछि गृह मन्त्रालयले सूचना निकालेर फागुन १ मा सार्वजनिक बिदा नरहेको प्रष्टाएको छ ।

सर्वोच्चले गत पुस १३ गते अबदेखि ‘जनयुद्ध दिवस’ मा बिदा नदिन आदेश दिएको थियो । शान्ति प्रक्रियाका कार्यभार पूरा नहुँदै गरिएको सार्वजनिक बिदाले पीडितलाई थप पीडाबोध भएको सर्वोच्चको व्याख्या थियो । विभिन्न स्थानीय तहहरूले भने ’जनयुद्ध दिवस’ का अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खोलामा डुबेर १४ वर्षीय भावना र १६ वर्षीय सपनाकुमारी बुढाको मृत्यु

काठमाडौं । दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको ज्यान गएको छ । उनीहरुको पौडी खेल्ने …

प्रतिकृया दिनुहॊस