Tag Archives: mainnews

पाल्पा दुर्घटनाका सबै १० मृतकको परिचय खुल्यो (नाम/ठेगानासहित)

काठमाडौं । पाल्पामा मंगलबारअपराह्न भएको जीप दुर्घटनामा १० जनाको मृत्यु भएको छ । ​आठजनाको घटनास्थलमै र दुईजनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो । तिनाउ गाउँपालिका-६ मस्यामका २८ वर्षीया उर्मिला अस्लामी, ३९ वर्षीय रामबहादुर अस्लामी, ६० वर्षीया यनकुमारी पन्त र ६७ वर्षीय कृष्णबहादुर अस्लामीको मृत्यु भएको हो । रूपन्देहीको बुटवल उपमहानगरपालिका-१४ तामनगर बस्ने ७० वर्षीय चन्द्र रणपाल र श्रीमती ६० वर्षीय चुना रणपालको मृत्यु भएको हो । …

पुरा पढ्नुहॊस »

एकैपटक ७८ एसपीको सरूवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ७८ जना प्रहरी उपरिक्षक (एसपी)को सरुवा भएको छ । प्रहरी महानिरीक्षकको निर्णय अनुसार एसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । काठमाडौं परिसरका एसपी कुमोध ढुंगेललाई जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मेवारी दिएको छ । सम्पत्ति सुदृढीकरणकी एसपी बसुन्धरा खड्कालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकमा सरुवा गरिएको हो । सरुवा भएका एसपीहरुको फागुन महिना देखिको तलब/भत्ता नयाँ दरबन्दी कायम भएअनुसार हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज नयाँ कामको योजना बन्ने वा थालनी हुनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

सरस्वती पूजा, आज विद्याकी देवीको पूजा गरिँदै

काठमाडौं । आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ । विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा-आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास छ । आजका दिन विवाह, व्रतबन्ध, …

पुरा पढ्नुहॊस »

पाल्पामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु

काठमाडाैं । पाल्पामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । म‌ंगलबार साँझ जिल्लाको तिनाउ गाउँपालिका-६ स्थित जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हाे । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रमुख सहितको टोली जाँदै गरेकाे जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवर्ण श्रेष्ठले जानकारी दिए । यात्रुहरू बोकेको लु ख १ ज २३७१ नम्बरको जिप डुम्रेबाट शिखरडाँडा जाँदै गर्दा मंगलबार साँझ दुर्घटना भएको हो । मृतक र घाइतेको पहिचान …

पुरा पढ्नुहॊस »

वनले अध्ययन सहमति नदिँदा ४६१ मेगावाटका ९ आयोजनाको लाइसेन्स खारेज हुने अवस्था

काठमाडौं । राष्ट्रिय निकुञ्ज तथा विभिन्न संरक्षण क्षेत्रले अध्ययन सहमति नदिँदा ४६१ मेगावाट क्षमताका ९ वटा जलविद्युत आयोजनाको अनुमतिपत्र नै खारेज हुने अवस्थामा पुगेको छ । ऊर्जा मन्त्रालयबाट अध्ययन अनुमतिपत्र पाएका जलविद्युत आयोजनालाई वन तथा वातावरण मन्त्रालय अन्तर्गतका निकुञ्ज तथा संरक्षण क्षेत्रले आयोजना अध्ययनका लागि सहमति नै नदिँदा करोडौँ रुपैयाँ रोयल्टी तिरिसकेका आयोजनाका लाइसेन्स खारेज हुने अवस्थामा पुगेका हुन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीको नेतृत्वमा …

पुरा पढ्नुहॊस »

माल्दिभ्स १३ रनमै अलआउट, नेपालको कीर्तिमानी जित

काठमाडौं । रुविना क्षेत्री बेलबासेको सानदार शतकमा नेपालले एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणमा लगातार तेस्रो जित दर्ता गरेको छ । नेपालले माल्दिभ्सलाई २ सय १४ रनको फराकिलो अन्तरले पराजित गर्दै समूह विजेताको रुपमा क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । नेपालले यसअघि समूहमा हङकङ र भुटानलाई हराएको थियो । नेपालले प्रस्तुत गरेको २ सय २८ रनको बलियो लक्ष्य पछ्याउने क्रममा माल्दिभ्स १३.५ ओभरमा मात्र १३ रन जोड्दै अलआउट भयो । …

पुरा पढ्नुहॊस »

कांग्रेस महासमिति बैठकको आवास समन्वय उपसमितिमा दश सदस्य थप

काठमाडौँ । नेपाली कांग्रेसले महासमिति बैठकको आवास समन्वय उपसमितिमा १० सदस्य थप गरेको छ । कांग्रेसले पार्टीको यही फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन पार्टीका केन्द्रीय सदस्य मदनबहादुर अमात्यको संयोजकत्वमा रहेको आवास समन्वय उपसमितिमा सदस्य थप गरेको हो । नयाँ थप गरिएका सदस्यमा बागमती प्रदेशका मन्त्री रामकृष्ण चित्रकार, बागमती प्रदेशसभा सदस्य मीनकृष्ण महर्जन, कांग्रेस बागमती प्रदेशका सहमहामन्त्रीद्वय जीवन डङ्गोल र ऋषिराम घिमिरे, …

पुरा पढ्नुहॊस »

रास्वपा टोलीलाई प्रधानमन्त्रीले भने- ‘लघुवित्त र सहकारी पीडितलाई न्याय दिन म आफै सक्रिय छु’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौं नेपालीलाई न्याय दिन आफै सक्रिय भइरहेको बताएका छन्। मंगलबार बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णीम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन्। भेटमा प्रधानमन्त्रीले भने , ‘यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु। लाखौं बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छ। तपाईहरूको सुझाव पनि म …

पुरा पढ्नुहॊस »

आज जनयुद्ध दिवस, छैन सार्वजनिक बिदा

काठमाडौं । गृह मन्त्रालयले आज फागुन १ गतेका लागि तय गरिएको सार्वजनिक बिदा कायम नरहेको जनाएको छ । फागुन १ गतेको सार्वजनिक बिदाबारे सर्वसाधारणमा अन्यौल भइरहेका बेला सोमबार गृह मन्त्रालयले आज बिदा कायम नरहेको स्पष्ट पारेको हो । सरकारले फागुन १ गते अर्थात आज जनयुद्ध दिवसको सार्वजनिक बिदा दिने निर्णय गरे पनि उक्त निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएपछि बिदा कायम नरहेको हो । ‘सम्मानित सर्वोच्च अदालतको फैसलाका आधारमा नेपाल मन्त्रिपरिषद्को …

पुरा पढ्नुहॊस »