नेपाली नक्कली नोट कारोबारमा भारतीय, १ करोड ८२ लाख नक्कली नोट बरामद

काठमाडौं ।  भारतीय नम्बर प्लेटको स्करपियो गाडीमा एक करोड ८२ लाख ५१ हजार नक्कली नोट सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरिक्षक विपीन रेग्मीका अनुसार आइतबार भारतीय नम्बर बीआर ११ एक्स ३४२९ स्कारपियोमा शंका लागेर जाँच गर्दा नक्कली नोट बरामद भएको हो ।

ट्राफिक प्रहरीले सुनसरीको इनरुवा नगरपालिका ४ स्थित सुनसरी खोला नजिक पूर्व पश्चिम राजमार्गमा चेकजाँचका क्रममा नोट बरामद गरेको हो। चेकजाँचका क्रममा गाडीको पछाडि भागमा लुकाइराखेको अवस्थामा नोट फेला परेको प्रहरी उपरिक्षक रेग्मीले जानकारी दिए । ट्राफिक प्रहरीको चेकजाँचका क्रममा उक्त स्कर्पियो गाडीले चेकिङ छल्न खोजेपछि प्रहरीले खानतलासी गरेको थियो।

यसक्रममा प्रहरीले भारत वीरपुरका २२ वर्षीय गाडी चालक मोहम्मद सैदयलाई समेत पक्राउ गरेको छ । गाडीमा सवार अर्का एक ब्यक्ति भने फरार भएका छन् । नक्कली नोटहरु झोलामा राखेर, बोराभित्र कोचिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। फरार ब्यक्तिको प्रहरीले खोजविन गरिरहेको प्रहरीले जनाएको छ । सुनसरी प्रहरीले सोमबार घटनाबारे पत्रकार सम्मेलन गरी जानकारी दिने जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघ चुनाव : प्रकाशित सदस्यता नामावलीप्रति ५२ शाखा अध्यक्षको आपत्ति

काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचनका लागि प्रकाशित सदस्यता नामावलीप्रति ५२ वटा जिल्ला शाखाका अध्यक्षहरूले आपत्ति जनाएका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले प्रकाशित नामावलीप्रति आपत्ति जनाउका हुन् ।

प्रतिकृया दिनुहॊस