काठमाडौं । मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ । आइतबारबाट सुरू भएको तेस्रो लगानी सम्मेलनको दोस्रो दिन साेमबार रिसोर्टमा लगानीका लागि अष्ट्रेलियाको एक्सपर्ट ग्रुपसँग सम्झौता भएको हो । लगानीसम्बन्धी सहकार्यका लागि एक्सपर्ट ग्रुपका तर्फबाट बद्रि अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स रिसोर्ट प्राईभेट लिमिटेडकाका तर्फबाट अभिषेकविक्रम शाहले हस्ताक्षर गरेका हुन् । मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका-९, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने यो रिसोर्टमा …
पुरा पढ्नुहॊस »बझाङमा नेकपा एससहित ८ जनाको धरौटी जफत
काठमाडौं । बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा नेकपा एससहित ८ जनाको धरौटी जफत भएको छ । उपनिर्वाचनमा भाग लिएका ११ राजनीतिक दलका उम्मेदवार मध्ये नेकपा एमाले निर्वाचित भएको छ । कांग्रेस र माओवादी केन्द्रबाहेक अन्य सबै दलका उम्मेदवारको धरौटी जफत भएको छ । मतदान गरेका ३० हजार ३२८ जनामध्ये २९ हजार ७०४ मत सदर भएको थियो । जसमा आठ उम्मेदवारले सदर मतको १० प्रतिशत नकटाएपछि जमानत जफत भएको हो । एकीकृत …
पुरा पढ्नुहॊस »एमएबीसी इन्भेस्टमेन्ट ग्रुप र नेक्सजेन म्यानेजमेन्टबीच ६ अर्ब लगानी ल्याउने सम्झौता
काठमाडौं । चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण गर्नेसम्बन्धी दुई वटा समझदारी भएको छ । तेस्रो लगानी सम्मेलनको दोस्रो दिन नेपालको ‘नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्राइभेट लिमिटेड’ र चीनको ‘एमएबिसी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड’ बीच तथा नेपाल उद्योग व्यापार महासङ्घ (एफएनआइसी) र चाइना दोङ्गन जिङ लङ लाइटिङ प्रडक्ट कम्पनी लिमिटेडबीच छुट्टाछुट्टै समझदारी भएको हो । कोरियन कम्पनी एमएबीसी इन्भेष्टमेन्ट ग्रुपले नेपाल सरकारसँग उद्योग व्यवसाय, हरित ऊर्जा, सेवा उद्योग, नवीनतम प्रविधि, …
पुरा पढ्नुहॊस »बझाङमा कांग्रेस उम्मेदवारलाई हराउँदै एमालेका भण्डारी विजयी
काठमाडौं । नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी बझाङ प्रदेशसभा–१ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनी ११ हजार ६१२ मतका साथ निर्वाचित भएका हुन् । निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका छन् । मत गणना सकिए पनि निर्वाचन आयोगले मत परिणाम औपचारिक रुपमा सार्वजनिक गरेको छैन । उम्मेदवारले मुचुल्कामा हस्ताक्षर गरिसकेपछि औपचारिक रूपमा अन्तिम मत परिणाम घोषणा गरिने प्रमुख निर्वाचन अधिकृत सुदर्शन लामिछानेले …
पुरा पढ्नुहॊस »सोमबार घट्यो सुनको मूल्य, तोलाको कति छ ?
काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । आइतबार प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको हो । तेजाबी सुनको मूल्य पनि घटेको छ । आज तेजाबी सुन तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको …
पुरा पढ्नुहॊस »मतगणना अन्तिमतिर पुग्दा बझाङमा एमालेले कांग्रेस उछिन्यो (मतसहित)
काठमाडौं । बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ (१)को फेरि एमालेले अग्रता लिएको छ । पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका अभिषेक सिंहलाई ९ मतले पछि पार्दै एमालेका दमन भण्डारीले अग्रता बनाएका हुन् ।
पुरा पढ्नुहॊस »पछिल्लो नतिजा : इलाममा अगाडि बढ्दै सुहाङ, दोस्रोमा रुख र मुढाको प्रतिस्पर्धा
काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा एमालेको अग्रता फराकिलो बन्दै गएको छ । पछिल्लो नतिजाअनुसार एमालेका सुहाङ नेम्वाङ २ हजार ८ सय ५३ मतको अग्रता बनाएका हुन् । उनले ९ हजार ४ सय ८४ मत पाउँदा पछ्याउने कांग्रेसका डम्बर खड्काले ६ हजार ६ सय ३१ मत पाएका छन् । पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ५९५१ र रास्वपाका मिलन लिम्बूले १४०१ मत पाएका छन् ।
पुरा पढ्नुहॊस »बाँकेमा युट्यूब हेरेर बनाएको पेस्तोल पड्किएपछि १६ वर्षीय किशोर घाइते
काठमाडौं । बाँकेमा आफैले बनाएको पेस्तोल पड्किँदा एक किशोर घाइते भएका छन् । शनिबार राति जिल्लाको राप्तिसोनारी गाउँपालिका एक १६ वर्षीय किशोर घाइते भएका हुन् । उनले युट्यूब हेरेर काठ र फलामको घरेलु कटुवा पेस्तोलजस्तो हतियार बनाएका थिए । तर, पाइन्टको पछाडिको गोजीमा राखेको उक्त पेस्तोल निकाल्ने क्रममा पड्किएको प्रहरीले जनाएको छ । पेस्तोल पड्किँदा उनको दाहिने खुट्टाको पछाडिको हिपमा छर्रा गाडिएको छ । उनलाई उपचारको लागि मेडिकल कलेज नेपालगञ्ज …
पुरा पढ्नुहॊस »सुहाङले ८ हजार ८ सय मत कटाउँदा नेकपा एसका जीतबहादुरले पाए २४० मत
काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा एमालेको अग्रता फराकिलो बन्दै गएको छ । पछिल्लो अपडेटअनुसार २१ हजार ८ सय ५४ मत गनिसक्दा एमालेको सुहाङ नेम्वाङ ८ हजार ८ सय ९८ मतसहित अगाडि छन् । उनलाई कांग्रेसका डम्बर खड्काले ६ हजार २ सय ८० मतले पछ्याइरहेका छन् । उनीहरुबीच २ हजार ६ सय १८ मतको फरक छ । पहिचान पक्षधरका डकिन्द्र सिंह थेगिमले ४ हवार ६ सय ३४ …
पुरा पढ्नुहॊस »बझाङमा एमालेलाई पछि पारेको कांग्रेसले बढायो अग्रता, कसको मत कति ?
काठमाडौं । बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ (१) को पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका अभिषेक सिंहले अग्रता बढाएका छन् । सुरूआतदेखिनै एमालेका दमन भण्डारीले अग्रता कायम राखेका थिए । अहिले भने उनी कांग्रेसका सिंह भन्दा २ सय ८४ मतले पछि परेका हुन् । यसअघि २ सय ६४ को मतान्तर थियो । निर्वाचन आयोगका अनुसार अहिलेसम्मको मतगणनामा कांग्रेसका सिंहले ८ हजार ४ सय ९२ मत ल्याएका छन् । उनलाई एमाले उम्मेदवार …
पुरा पढ्नुहॊस »