आज यात्रामा बिध्नबाधा आइलाग्नसक्छ । खानामा गडबडी हुन सक्छ, अत: आफ्नो आहार विहार प्रति विशेष ध्यान दिन आवश्यक छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
पुरा पढ्नुहॊस »पत्रकार महासंघले भन्यो- सर्वोच्चको आदेश संविधानको भावनासँग बाझियो
काठमाडाैं । सर्वोच्च अदालतले सिधा कुरा डटकमको‘द डार्क फाइल’ शृङ्खलाअन्तर्गत प्रकाशित सामग्री तथा त्यस सन्दर्भमा चालेको कदम र त्यस सन्दर्भमा दिएको पछिल्लो आदेशलाई नेपाल पत्रकार महासंघले गम्भीर चासो व्यक्त गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै महासंघले प्रचलित विधि र अभ्यासलाई बेवास्ता गरेर सञ्चार सामग्री प्रवाह गरेकै विषयलाई फौजदारी कानुन आकर्षित गरी त्यस आधारमा मनासाय जोकोहीबाट पनि प्रकट हुनु गलत भएको ठहर गरेको हो । साथै महासंघले सर्वोच्चको आदेश …
पुरा पढ्नुहॊस »कर्णाली प्रदेश सरकार विस्तार, कसलाई के जिम्मेवारी ?
काठमाडौं । मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश सरकार बिस्तार गरेका छन् । मुख्यमन्त्री कँडेलको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले सरकार बिस्तार गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयका अनुसार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महेन्द्र केसीलाई आर्थिक मामिला तथा योजना, वीरबहादुर शाहीलाई सामाजिक विकास, दुर्गाबहादुर रावतलाई उद्योग, पर्यटन वन तथा वातावरण र रनसिंह परियारलाई जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । साथै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का शेरबहादुर बुढालाई भौतिक …
पुरा पढ्नुहॊस »काठमाडौंको प्रदूषणबाट जोगिन मास्क अनिवार्य लगाऔँ : स्वास्थ्य मन्त्रालय
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ । मन्त्रालयले काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले काठमाडौँमा वायु प्रदूषणक अत्यधिक रहेकाले सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन, यात्रा नगर्न र अत्यधिक प्रदूषित क्षेत्रबाट टाढा रहन अनुरोध गरे । विश्वभरिको वायुप्रदूषणको अवस्था मापन गर्ने ‘वल्र्ड एयर क्वालिटी …
पुरा पढ्नुहॊस »मुक्तिनाथबाट फर्केको विद्यार्थी सवार बस दुर्घटना, २१ जना घाइते (नामसहित)
काठमाडौं । मुक्तिनाथ दर्शन गरेर फर्किँदै विद्यार्थी चढेको बस मंगलबार बिहान कागबेनी-मुक्तिनाथ सडक खण्डमा पर्ने घुम्तीमा दुर्घटनामा परेको छ । दुर्घटनामा परेर २१ विद्यार्थी सामान्य घाइते भएका छन् । प्रहरी चौकी कागबेनी मुस्ताङका अनुसार काठमाडौं अनामनगरस्थित लिबर्टी कलेजबाट विद्यार्थी लिएर गएको प्रदेश नं ३–०१००६ख ६२२ नं को रिजर्भ बस दुर्घटनामा परेको हो । बसमा सवार चालकसहित ३३ जनामध्ये १६ जना सामान्य घाइते भएका हुन । बस आज बिहान करिब ९ …
पुरा पढ्नुहॊस »इलाममा चुनाव जित्न सकिएन, सिक्न सकियो : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को उपनिर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्न कार्यकर्तालाई आग्रह गरेका छन् । उनले पराजयलाई स्वीकार गर्दै जिम्मेवार ढंगले अभिव्यक्त हुन आग्रह गरेका छन् । उनले चुनाव जित्न नसकिए पनि सिक्न सकिएको बताएका छन् । आज मंगलबार सामाजिक सञ्जाल प्रतिक्रिया दिँदै उनले भनेका छन्– ‘कुनै ईफ, बटको सहारा नलिई सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढङ्गले अभिव्यक्त हुन सबै सदस्यहरूमा अनुरोध छ …
पुरा पढ्नुहॊस »रविलाई सीके राउतको आग्रह- ८४ मा एक्लै दुईतिहाइ ल्याउँछु भन्ने दिन गए, आउनुस् सँगै आन्दोलन गरौं
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले इलाम-२ मा भएको उपनिर्वाचनमा आफ्नो पार्टीले अपेक्षा गरेकै जस्तो मत आएको बताएका छन् । इलाम-२ मा जनमत पार्टीले ११८ अर्थात् ०.१७ प्रतिशत मत पायो यो कम भए पनि अपेक्षाभन्दा फरक चाहिँ नरहेको उनले बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले ७.३ प्रतिशत मत ल्याउनु राम्रो हो, तर त्यो दलको पनि जमानत नजोगिएको अध्यक्ष राउतको विश्लेषण छ । उनले भने, ‘इलामको मत परिणामले धेरैको लागि …
पुरा पढ्नुहॊस »भोजपुरमा बोलेरो भीरबाट खस्दा दुई युवतीको मृत्यु
काठमाडौं । भोजपुरमा बोलेरो दुर्घटना हुँदा दुई जना मृत्यु भएको छ भने १२ घाइते छन् । आमचोक गाउँपालिका-८ पारकुवा भन्ने ठाउँमा को १ ज २६१७ नम्बरको बोलेरो सडकबाट तल खसेर दुर्घटनामा परेको हो । आमचोकबाट भोजपुरकै पारकुवातर्फ जाँदै बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए । उनकाअनुसार दुर्घटनामा आमचोक गाउँपालिका-१० पाङ्चाकी २७ वर्षीया रूना राई र सुनसरीको धरान उपमहानगरपालिका ५ की २६ …
पुरा पढ्नुहॊस »रास्वपा र नेकपा एसकासहित १६ उम्मेदवारको जमानत जफत
काठमाडौं । इलाम-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूसहित १६ उम्मेदवारको जमानत जफत भएको छ । प्रतिनिधि सभामा उम्मेदवारी दिएका उम्मेदवारले धरौटी जोगाउन कुल सदर मतको १० प्रतिशत मत ल्याउनुपर्छ । एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाममा ६९ हजार ३७४ मत खसेको थियो । त्यसमध्ये ६८ हजार ४७२ मत सदर भएको थियो । ९०२ मत बदर भएको थियो । इलाम-२ मा रास्वपा, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, …
पुरा पढ्नुहॊस »इलाम-२ मा सुहाङ नेम्वाङ ठूलो अन्तरले विजयी
काठमाडौं । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा एमालेले करिब तीन दशकदेखि चुनाव जित्दै आएको आफ्नो विरासत जोगाएको छ । मंगलबार बिहान साढे ४ बजे जारी अन्तिम मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७ सय ७२ मत पाएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाए । २०७९ को निर्वाचनमा उनी सुवास नेम्वाङसँग ११४ मत कम ल्याएर हारेका थिए …
पुरा पढ्नुहॊस »