काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि विश्वभरका लगानीकर्ताहरूलाई आग्रह गरेका छन् । आजदेखि काठमाडौँमा सुरु भएको तेस्रो लगानी सम्मेलनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा अधिकांश क्षेत्रहरूमा लगानी सम्भावना रहेको बताउँदै नेपाल नयाँ लगानीको गन्तव्य बन्न सक्ने बताए । विश्वका उदाउँदा ठुला अर्थतन्त्र, चीन र भारतको बिचमा रहेको नेपालको रणनैतिक अवस्थितिले गर्दा यी दुई देशको बजार, पर्यटन …
पुरा पढ्नुहॊस »विश्वकै प्रदूषित शहरमा काठमाडौंको ह्याट्रिक
काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो । वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरको बिहान ९:५५ बजेको रेकर्डअनुसार काठमाडौंको प्रदूषणको दर १७५ मापन गरिएको छ । जसलाई मानव स्वास्थ्यका हिसाबले अस्वस्थकर मानिन्छ । गएको तीन दिनदेखि काठमाडौँ विश्वकै प्रमुख प्रदूषित सहरको सूचीको पहिलो नम्बरमा कायम …
पुरा पढ्नुहॊस »अब काठमाडौंमा देशैभरका अशक्त र गरिब नागरिकको निःशुल्क उपचार, बालेनले गरे सार्वजनिक अपिल
काठमाडौं । काठमाडौं महानगरपालिकाले देशका जुनसुकै पालिकाका अशक्त र गरिब नागरिकको निःशुल्क उपचार गर्ने भएको छ । मेयर बालेन शाहले सार्वजनिक अपिल गर्दै जुनसुकै पालिकाको भएपनि अशक्त र गरिब नागरिक बिरामीहरूले निःशुल्क उपचार गर्ने घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत अशक्त र गरिब नागरिक बिरामी जसको सम्पर्कमा भएपछि खबर गर्ने आग्रह गरेका छन् । ‘नेपालको जुनसुकै पालिकाको भएपनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर …
पुरा पढ्नुहॊस »मोटरसाइकलको चक्कामा सल बेरिँदा २२ वर्षीया युवतीको मृत्यु, आमा गम्भीर
काठमाडौं । महोत्तरीको बर्दिबास जङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने बर्दिबास नगरपालिका–५ टुटेश्वर जङ्गलमा शनिबार सर्लाहीबाट महोत्तरीको बर्दिबासतर्फ जाँदै गरेको प्रदेश २–०३–००७ प ३३६९ नम्बरको मोटरसाइकल दुर्घटनामा परको हो । दुर्घटनामा सर्लाहीको बागमती नगरपालिका–४ कर्मैया निवासी २२ वर्षीया स्मृति कार्की रानाभाटको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी रेवतीरमण पोखरेलले जानकारी दिए । दुर्घटनामा उनकी आमा ५० वर्षीया उषा कार्की गम्भीर घाइते भएकी …
पुरा पढ्नुहॊस »तेस्रो लगानी सम्मेलन आजदेखि, ५५ बढी देशका लगानीकर्ता सहभागी
काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आजदेखि तेस्रो लगानी सम्मेलन हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने सम्मेलनमा लगानीका निम्ति नौ खर्ब बराबरका १५१ परियोजना प्रस्तुत गरिँदै छन् ।
पुरा पढ्नुहॊस »इलाम र बझाङमा मतगणना सुरु हुँदै
काठमाडौं । उपनिर्वाचनअन्तर्गत इलाम-२ को मतगणना गर्नका लागि सर्वदलीय बैठक बस्दैछ । सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनका अनुसार सबै राजनीतिक दलका उमेदवारसहित सरोकारवालालाई सर्वदलीय बैठकका लागि बोलाइएको छ । बैठकपछि सबै प्रक्रिया पुरा गरेर मतगणना सुरु हुनेछ, उनले भने । सर्वदलीय बैठक बसेर इलाम नगरपालिका-२ स्थित गौतबुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा मतगणना सुरु गरिएको हो । सो सिटी हलका …
पुरा पढ्नुहॊस »आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)
आज सांस्कृतिक कार्यमा सरिक भइने छ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने र जोशजाँगर बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
पुरा पढ्नुहॊस »काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्
काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।
पुरा पढ्नुहॊस »फेरि पानी पर्ने सम्भावना (तीन दिनको पूर्वानुमानसहित)
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
पुरा पढ्नुहॊस »इलाम र बझाङमा मतदान सुरु, ५ बजेसम्म जारी रहने
काठमाडौं । इलाम क्षेत्र नम्बर-२ र बझाङ-१ को ‘क’मा मतदान सुरू भएको छ । बिहान ७ बजे सुरु भएको मतदान अपराह्न ५ बजेसम्म जारी रहनेछ । प्रतिनिधिसभातर्फ इलाम-२ मा १९ र प्रदेशतर्फ बझाङ-१ को ‘क’मा ११ उमेदवार चुनावी मैदानमा छन् । इलाममा एक लाख १६ हजार आठ सय ८९ मतदाता रहेका छन् भने ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र तोकिएको छ । बझाङमा ६१ हजार सात सय ४८ मतदाताले आफ्नो …
पुरा पढ्नुहॊस »