काठमाडौं । फ्रान्सको एउटा विज्ञ समूहले बालबालिकाहरुलाई १३ वर्ष नपुगी स्मार्टफोन नदिन सुझाव दिएको छ । मोवाइल लगायतका प्राविधिक उपकरणका कारण बालबालिकाको समग्र विकासमै असर गरेको गुनासो बढेपछि फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले गठन गर्नुभएको विज्ञहरूको समूहले बालबालिकालाई १३ वर्ष नपुग्दासम्म स्मार्ट फोन वा इन्टरनेटको पहुँच हुने कुनै पनि उपकरणबाट टाढा राख्न सुझाव दिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
पुरा पढ्नुहॊस »आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)
समाज सेवा गरे लोकमा प्रसिद्ध भइनेछ । स्वास्थ्यमा सुधार आउला । आफन्त सँगको सम्बन्ध पनि गाढा र सुमधुर रहनेछ । तीर्थाटनको योग पनि छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
पुरा पढ्नुहॊस »विश्वकप खेल्ने नेपाली टोली घोषणा, को-को परे टिममा ?
काठमाडौं । नेपालले वेस्टइन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकप खेल्ने टोली घोषणा गरेको छ । बुधबार रोहित पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय अन्तिम टोली सार्वजनिक गरेको हो । जसमा अनुभवी खेलाडीहरूले स्थान बनाएका छन् । नेपालको टिममा अनिल कुमार शाह, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरीले समेत आफ्नो स्थान पक्का गरेका छन् । नेपालको टिम : रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार शाह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह …
पुरा पढ्नुहॊस »श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिका लागि पहल गर्ने बताएका छन् । एक सय ३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा आज यहाँ आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै उनले आगामी दिनमा श्रमिक र मजदुरको हितलाई केन्द्रमा पारिश्रमिक बढाउन आफू लागिपर्ने बताए । ‘मेरो नेतृत्वको सरकारले अर्थतन्त्रले चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको परिप्रेक्ष्यमा समेत मजदुर एवं श्रमजीवी वर्गको हितलाई केन्द्रमा राखी …
पुरा पढ्नुहॊस »नबिल बैंकबाट १ करोड ३४ लाख चोर्ने ४ जना पक्राउ
काठमाडौं । नबिल बैंकको वीरगन्ज शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी गर्ने चार जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान अज्ञात समूहले बैंकमा चोरी गरेकाे थियाे। प्रहरीले ३ जनालाई नेपाल र एक जनालाई भारतबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहटमा सञ्जय जैसवाल र छोटेलाल जैसवालसहित तीन नेपाली नागरिक रहेका छन् भने भारतको घोडासनमा मण्टु पासवान नाम र अर्को व्यक्ति पक्राउ परेका छन् । नबिल …
पुरा पढ्नुहॊस »कपिलवस्तुको बाणगंगामा घरभित्र भेटियो दम्पतीको शव
काठमाडौं । कपिलवस्तुको बाणगंगामा श्रीमान श्रीमती मृत फेला परेका छन् । बाणगंगा ८ को ढोडेकोलमा बुधबार करिब ५५–५६ वर्षकी जुठी भुषाल र करिब ६०–६१ वर्षका टेकलाल भुषाल मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख नवरन्त पौडलका अनुसार महिला विस्तारामा र पुरुष भर्याङमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । घटनाका बारेमा डीएसपी सहितको टोलीले अनुसन्धान गरिरहेकोले बाँकी कुरा अनुसन्धानपछि खुल्ने पौडेलले बताए ।
पुरा पढ्नुहॊस »अब छिट्टै हाम्रो साग पसल देख्न पाउनुहुनेछ : मिलन लिम्बु
काठमाडौं । इलाम-२ को उपनिर्वाचनमा पराजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बुले अब साग पसल खोल्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । निर्वाचनअगाडि पत्रकारसँग भनेको कुरा स्मरण गर्दै उनले साग बेचेरै भएपनि जनताको सेवा गर्ने प्रतिबद्धता प्रकट गरे । ‘निर्वाचनअगाडि पत्रकार साथीहरूले प्रश्न गर्ने गर्नुहुन्थ्यो- पत्रकारिता छोडेर राजनीतिमा आउनुभयो । निर्वाचनमा सहभागी हुनुभएको छ, जित्नुभयो भने त सांसद बन्नुहुन्छ, हार्नु भयो भने के गर्नु हुन्छ …
पुरा पढ्नुहॊस »ललितपुरको जंगलमा लागेको आगो निभाउने क्रममा घाइते भएका अर्का युवाको मृत्यु
काठमाडौं । ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका थप एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका-४ बडिखेलमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका ५० वर्षीय रमेश पहरीको मृत्यु भएको हो । गोदावरी नगरपालिका वडानम्बर-४ निवासी पहरीको उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए । डढेलो निभाउने क्रममा मंगलबार शंकर पहरीको पनि उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको …
पुरा पढ्नुहॊस »रेशमले लेखे- सम्बन्ध सबै समाप्त, योभन्दा अपराध अरु केही हुन सक्दैन
काठमाडौं । सुदुरपश्चिमको मन्त्रीमण्डल बिस्तारपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले चर्को असन्तुष्टि पोखेका छन् । मंगलबार साँझ उनले सामाजिक सञ्जालमा लगातार स्टाटस लेख्दै असन्तुष्टि पोखेका हुन् ।
पुरा पढ्नुहॊस »मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण
काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर तीन दशमलव ८७ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले वार्षिक राष्ट्रिय तथ्याङ्क सार्वजनिक गर्दै आर्थिक वृद्धिको प्रक्षेपणबारे जानकारी गराएको हो ।
पुरा पढ्नुहॊस »