Tag Archives: mainnews

पश्चिमी वायुको प्रभाव : केही स्थानमा हिमपातको सम्भावना

काठमाडौँ । अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । यस्तो छ तीन दिनको पूर्वानुमान माघ ११ गते (आइतबार) दिउँसो : देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भूभागका …

पुरा पढ्नुहॊस »

बनेपाको बम सेनाले डिस्पोज गर्‍यो, मंगलटारमा विष्फोट

काठमाडौँ । काभ्रेको बनेपा बुडोलमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ । बाटोमा शंकास्पद वस्तु देखेपछि नेपाली सेनालाई खबर गरिएको थियो । अनुसन्धानको क्रममा शंकास्पद वस्तु प्रेसर कुकर बम रहेको पाइएपछि सेनाको डिस्पोजल टोलीले त्यसलाई डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी भुपेन्द्र खत्रीले जानकारी दिए । बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका ९ मंगलटारमा विष्फोट भएको छ । गएराति ठूलो आवाज सुनिएको भएपनि बम हो या …

पुरा पढ्नुहॊस »

भारतबाट आएको कोभिशील्डले कसरी काम गर्छ ?

काठमाडौँ । भारतले नेपाललाई १० लाख डोज कोभिड-१९ विरुद्धको खोप अनुदानमा दिएसँगै नेपालमा खोपबारे चर्चा बढेको छ । सरकारले सबै तयारी सकेर करिब एक सातापछि ७७ वटै जिल्लामा एकैपटक खोप अभियान सुरु गर्ने बताएको छ । यो तयारीसँगै कोभिशील्ड खोपले कसरी काम गर्छ ? र कति प्रभावकारी हुन्छ भन्नेमा यतिखेर सबैको चासो छ । अक्सफर्ड-आस्ट्राजेनेकाको खोप स्थानीय रूपमा उत्पादन गरिरहेको सिरम इन्स्टिट्यूट अफ इन्डिया संसारकै सबैभन्दा ठूलो खोप उत्पादक हो …

पुरा पढ्नुहॊस »

कुन प्रदेशको मौसम कस्तो ? हेर्नुस् तीन दिनको पूर्वानुमान

काठमाडौँ । अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको भइरहेको छ भने तराईमा हुस्सु/कुहिरो लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव बदली भएको हो । यस्तो छ तीन दिनको पूर्वानुमान माघ १० गते (शनिबार) दिउँसो : सुदूरपश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न १, र वाग्मती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागहरुमा मौसम …

पुरा पढ्नुहॊस »

विरोधसभाका लागि सडकमै बनाइयो मञ्च, सवारी साधन डाइभर्ट

काठमाडौं । संसद विघटन असंवैधानिक भन्दै आन्दोलनरत नेकपा (प्रचण्ड-माधव) समूहले काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । काठमाडौं उपत्यकाका वरिपरिका जिल्लाबाटसमेत कार्यकर्ता उतारेर सो समूहले राजधानीमा शक्ति प्रदर्शन गर्न लागेको हो । विरोधसभाका लागि भृकुटीमण्डप अगाडि प्रदर्शनीमार्गमा मञ्च निर्माण गरिएको छ । प्राय व्यस्त हुने यो सडकमै मञ्च निर्माण गरिएपछि पद्मोदय मोड-कुटीमण्डप सडकखण्डमा सवारी साधन चलाउन रोक लगाइएको छ । उक्त सडकखण्ड भएर चल्ने गाडीहरुलाई डाइभर्सनको व्यवस्था मिलाइएको छ । यदिमात्रै होइन …

पुरा पढ्नुहॊस »

काठमाडौंमा प्रचण्ड-नेपाल समूहको शक्ति प्रदर्शन

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ । एक लाख कार्यकर्ता उतार्ने लक्ष्यसहित यो समुहले विशाल शक्ति प्रदर्शन भनेको आजको कार्यक्रममा उपत्यका र आसपासका जिल्लाहरुबाट समेत कार्यकर्ता उतार्ने तयारी छ । प्रतिनिधिसभा विघटनको निर्णय खारेज गराउँदै संसद् पुनस्र्थापना गराउन संघर्षका कार्यक्रम जारी राखिने प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले बताएका छन् । काठमाडौंको माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोललगायत विभिन्न नौं …

पुरा पढ्नुहॊस »

कांग्रेसले आज ७५३ वटै स्थानीय तहमा संसद विघटनविरुद्ध प्रदर्शन गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज देशका ७५३ वटै स्थानीय तहमा संसद विघटनको विरोधमा प्रदर्शन गर्दैछ । संसद् विघटन गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरोधमा कांग्रेसले देशका सबै स्थानीय तहमा प्रदर्शन गर्न लागेको हो । कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार एक विज्ञप्ति जारी गरी विरोध प्रदर्शनमा सहभागी हुन सबैलाई अपिल गरिसकेका छन् । विरोधमा सहभागी भएर प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध …

पुरा पढ्नुहॊस »

जनकपुर–जयनगर रेल सञ्चालन हुँदै

काठमाडौं । जनकपुर-जयनगर-कुर्था खण्डमा नियमित रेल सञ्चालनको अन्तिम चरणमा पुगेको छ । सो खण्डमा यहि माघको अन्तिम सातादेखि नियमित रेल सञ्चालनमा आउने भएको हो । नेपाल रेल्वे कम्पनीका अनुसार जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटरमा रेल सेवा सञ्चालन गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल्वे लिक, रेल्वे स्टेसन, सिग्नल लगायतका संरचना तयार भई भारतीय रेल्वे प्राविधिकद्वारा त्यसको परीक्षणसमेत भइसकेको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी …

पुरा पढ्नुहॊस »

आजको मौसम: पहाडमा बदली, तराईमा हुस्सु र हल्का वर्षा

काठमाडौं । हाल देशमा दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले मौसम बदली भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने तराईका भू-भागमा बाक्लो हुस्सु-कुहिरो लागेको छ । यस्तो छ दुई दिनको पूर्वानुमान माघ ३ गते (शनिबार) दिउँसो : प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहने छ …

पुरा पढ्नुहॊस »

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइ, के हाेला निर्णय ?

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि आज पनि संंवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संंवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । उक्त विवाद संंवैधानिक इजलासमा सुनुवाइ गर्ने वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भन्ने विवाद अझै सकिएको छैन । शुक्रबार पनि सो मुद्दाको सुनुवाइ कहाँ गर्ने भन्ने क्षेत्राधिकारकै विषयमा बहस हुनेछ । रिट …

पुरा पढ्नुहॊस »