जनकपुर–जयनगर रेल सञ्चालन हुँदै

काठमाडौं । जनकपुर-जयनगर-कुर्था खण्डमा नियमित रेल सञ्चालनको अन्तिम चरणमा पुगेको छ । सो खण्डमा यहि माघको अन्तिम सातादेखि नियमित रेल सञ्चालनमा आउने भएको हो ।

नेपाल रेल्वे कम्पनीका अनुसार जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटरमा रेल सेवा सञ्चालन गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल्वे लिक, रेल्वे स्टेसन, सिग्नल लगायतका संरचना तयार भई भारतीय रेल्वे प्राविधिकद्वारा त्यसको परीक्षणसमेत भइसकेको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । उनका अनुसार अब सो खण्डमा रेल सञ्चालन गर्न कुनै पनि प्राविधिक काम बाँकी छैन ।

रेल सेवा सञ्चालन गर्न आवश्यक ‘कोर’ प्राविधिक जनशक्ति आपूर्तिका लागि भारत सरकारको स्वामित्वमा रहेको कोङ्कर्ण रेल्वे कर्पोरेसनसँग सम्झौता हुनेछ । र आवश्यक जनशक्ति नेपाल आइपुग्नेछन् । ड्राइभर, इन्जिनियर लगायत २६ जना ‘कोर’ जनशक्ति भारतबाट नेपाल आउन तयारी अवस्थामा रहेको पनि महाप्रबन्धक भट्टराईले बताए ।

सो खण्डमा रेल सेवा सञ्चालन गर्न असोज २ गते नै भारतबाट ल्याइएका दुईवटा डेमो रेल जनकपुरमा पार्किङ गरी राखिएको छ । जयनगर-जनकपुर-कुर्था खण्डमा रेल सञ्चालन भएको डेढ वर्षपछि जनकपुर-बर्दिबास (६९ किलोमिटर)सम्म विस्तार हुने बताइएको छ । हाल बर्दिवास खण्डमा भारतीय पक्षले नै रेलमार्ग निर्माण गरिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस