काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १५७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३३३ जना डिस्चार्ज भएका छन् । पाँच जनाको मृत्यु भएको छ। नेपालमा कुल संक्रमितको संख्या २ लाख ७० हजार ७४५ पुगेको छ । यसमध्ये २ लाख ६५ हजार ६९८ जनाले कोरोना जितेका छन् । अहिले नेपालमा तीन हजार २२ जना संक्रिय संक्रमित रहेका छन् भने कोरोनाले मृत्यु हुनेको संख्या …
पुरा पढ्नुहॊस »शहीदको सपनालाई विपनामा रुपान्तर गरौं : सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश र लोकतन्त्रको हित रक्षाको निमित्त सबैले आफ्ना सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रुपान्तर गर्न संकल्प गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । शहीद दिवसको अवसरमा एक सन्देश जारी गर्दै उनले मुलुकले सुम्पिएको राष्ट्रिय जिम्मेवारी पूरा गर्न र नेपाललाई एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत गर्न जिम्मेवार सबै पक्षलाई शहीद दिवसले प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गरेका छन् । लोकतान्त्रिक पद्धतिमा …
पुरा पढ्नुहॊस »आज शहीद दिवस: देश र जनताको लागि जीवन त्याग गर्ने शहीदको सम्मानमा मनाइँदै
काठमाडाैँ । देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति सम्मान गर्दै देशभर आज शहीद दिवस मनाइँदै छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जिवनको आहुती गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष शहीद दिवस मनाइँदै आएको छ । वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सङ्घर्षमय जीवन …
पुरा पढ्नुहॊस »सुरु भयो स्वस्थानी व्रत, यस्तो छ महिमा
काठमाडौँ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि शुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ …
पुरा पढ्नुहॊस »सन् २०२० मा नेपालमा विपद्: साढे ४ हजारले ज्यान गुमाए
काठमाडौँ । मुलुकमा सन् २०२० मा विभिन्न घटनाबाट चार हजार ५०४ मानिसको मृत्यु भएको छ । विपदमा परेर १०२ बेपत्ता भएको र पाँच हजार २६० जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी सडक दुर्घटनाबाट दुई हजार ८४ को मृत्यु भएको छ । कोभिड-१९ का कारण एक हजार ८५६ को मृत्यु भएको छ । पहिरोबाट ३०३ ले ज्यान गुमाएका छन् भने ६४ बेपत्ता …
पुरा पढ्नुहॊस »राष्ट्र कल्याणका लागि प्रधानमन्त्रीले गरे पशुपतिमा विशेष पूजा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पशुपतिनाथ मन्दिरमा विश्व शान्ति एवं राष्ट्र कल्याणको सङ्कल्पले विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन गरेका छन् । धर्मपत्नी राधिका शाक्यसहित बिहान करिब आठ बजे पशुपतिनाथ मन्दिर पुगेका प्रधानमन्त्री ओलीले पशुपति परिक्रमा विधिअनुसार मन्दिर घुमेर विशेष पूजा गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए । उक्त अवसरमा ओलीले पशुपति क्षेत्रका गतिविधिका बारेमा पनि जानकारी लिएका थिए । पशुपति क्षेत्रलाई …
पुरा पढ्नुहॊस »यहि १४ देखि कोरोनाविरुद्धको खोप अभियान सुरु हुँदै
काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोप माघ १४ गते बुधबारदेखि लगाइने भएको छ । पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । भारत सरकारले हालै मात्र १० लाख डोज कोरोनाविरुद्धको‘कोभिसिल्ड’ खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको छ । सो खोप १४ गते बुधबार १० बजे लगाउन सुरु गरिने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिएका छन् । खोप अभियानको शुरुवात प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका …
पुरा पढ्नुहॊस »मुलुकभर पश्चिमी वायुको प्रभाव, उच्च भू-भागमा हिमपातको सम्भावना
काठमाडौँ । अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यस्तो छ तीन दिनको पूर्वानुमान माघ १२ गते (सोमबार) दिउँसो : देशका प्रदेश न. १,गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश …
पुरा पढ्नुहॊस »कोरोना खोप आज सातै प्रदेशका भण्डारण केन्द्रमा पुर्याइने
काठमाडौँ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड-१९ विरुद्धको खोप सातै प्रदेशमा पुर्याइँदैछ । प्रदेशबाटै ७७ वटै जिल्लामा आवश्यकता अनुसार खोप वितरण गर्ने गरी आज सातै प्रदेशमा पुर्याउन लागिएको हो । ढुवानी गर्न खोपलाई आवश्यक पर्ने तापक्रमको उपकरण जडान गरिएको गाडी खोप लिएर सातै प्रदेशमा पठाउने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार सबै तयारीपछि यही १८ गतेसम्ममा लगाउन थालिनेछ । पहिलो …
पुरा पढ्नुहॊस »प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै, ओलीलाई निष्कासनको एजेण्डा
काठमाडौँ । विभाजित नेकपाको प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दैछ । प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको यो समूहले थप आन्दोलनका कार्यक्रमबारे छलफल गर्न बैठक बोलाएको हो । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो साढे १२ बजे बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । तयसअघि शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडाँमा उपलब्ध स्थायी कमिटी सदस्यहरु बीचमा पार्टीको ९ गतेको विरोध सभाको समिक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको थियो । आजको बैठकले …
पुरा पढ्नुहॊस »