Tag Archives: mainnews

विश्वभर कोरोना जित्नेको संख्या ६ करोड नाघ्‍यो

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म संसारभरका ६ करोड ८२ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ४ करोड ८२ हजार ४६० जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा …

पुरा पढ्नुहॊस »

ओली तानाशाही देखिए, प्रधानमन्त्री रहिरहन योग्य छैनन् : रामचन्द्र पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी शर्मा ओली देशको प्रधानमन्त्री हुन योग्य नभएको बताएका छन् । प्रधानमन्त्री ओलीले शनिबार एक कार्यक्रममा सम्बोधनका क्रममा प्रतिनिधि सभालाई कुहिएको छानो भनेको विषयमाथि टिप्पणी गर्दै नेता पौडेलले ओली तानाशाह प्रवृतिको भएको टिप्पणी गरेका छन् । नेता पौडेलले भनेका छन्, ‘प्रतिनिधिसभालाई कुहिएको छानो भन्ने, संविधानमा हुँदै नभएको विशेषाधिकारको गुड्डी हाँक्ने प्रधानमन्त्री केपी ओली तानाशाह प्रवृत्ति हुन् । उनी नेपालको प्रधानमन्त्री रहन योग्य …

पुरा पढ्नुहॊस »

कुन प्रदेशको मौसम कस्तो ? हेर्नुस् तीन दिनको पूर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । महाशाखाले हालको मौसमको अवस्थाबारे जानकारी दिँदै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भइरहेको र प्रदेश नं १ र प्रदेश नं २ मा आंशिक बददी रहेको जनाएको छ । महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार आज दिउँसो …

पुरा पढ्नुहॊस »

मतदाता नामावली अद्यावधिक माघ १५ देखि २१ गतेसम्म

काठमाडौँ । प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्न आगामी माघ १५ देखि २१ गतेसम्म सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुने भएको छ । निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्ने सन्दर्भमा यही पुस ५ गते १८ वर्ष उमेर पुग्ने व्यक्तिको मतदाता नामावली अद्यावधिक गरिने छ । आगामी वैशाख १७ गते पहिलो र २७ गते दोस्रो चरणमा गर्ने गरी प्रतिनिधिसभा सदस्य …

पुरा पढ्नुहॊस »

विश्वमा कोरोना जित्नेको संख्या ५ करोड ९६ लाख नाघ्‍यो

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म संसारभरका ५ करोड ९६ लाखभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ५ करोड ९६ लाख २५ हजार ६४१ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत …

पुरा पढ्नुहॊस »

आजको मौसमः यी भू-भागमा वर्षा र हिमपात

काठमाडौं । अहिले देशको पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका केहि स्थानमा हुसु/कुहिरो लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेकोले मौसम बदली भएको हो । यस्तो छ तीन दिनको पूर्वानुमान पौष १८ गते (शनिबार) दिउँसो : लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ।सुदुर पश्चिम प्रदेश तथा कर्णालीका उच्च …

पुरा पढ्नुहॊस »

२४ घण्टामा थपिए ४२६ जना कोरोना संक्रमित, ८जनाको मृत्यु

काठमाडौं । आज शुक्रबार ४२६  जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४२६ जनामा संक्रमण भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जनाको मृत्यु भएको छ। संक्रमित मध्ये २ लाख ५३  हजार १०७  जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल …

पुरा पढ्नुहॊस »

राष्ट्रियसभा बैठक आज, के-के छन् कार्यसूची ?

काठमाडौं । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको हिउँदे अधिवेशन शुरु हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अधिवेशन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अपराह्न ४ बजे बस्ने गरी आह्वान गरेकी हुन् । बैठकको सुरुमै राष्ट्रपतिले अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाइनेछ । त्यसपछि अधिवेशनको पहिलो बैठक भएकाले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरुकोतर्फबाट दलका नेताहरुको अधिवेशन उद्घाटन मन्तव्य राख्ने कार्यसूची छ । राष्ट्रियसभामा नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको …

पुरा पढ्नुहॊस »

सरकारका नाममा सर्वाेच्चको आदेश- ‘एक महिनाभित्र उखु किसानको भुक्तानी दिलाउनू’

काठमाडौं । सर्वोच्च अदालतले आन्दोलनरत उखु किसानको बक्यौता एक महिनामा तिर्ने व्यवस्था गर्न सरकारको नाममा अन्तरिम आदेश दिएको छ । अधिवक्ता पुण्यप्रसाद खतिवडा लगायतले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले उखु किसानले पाउने बक्यौता आगामी माघ १६ गतेसम्म तिर्न तिराउन अन्तरिम आदेश दिएको हो । आदेशमा उखु किसानले बक्यौता पाउन निरन्तर आन्दोलन गर्नु अन्यायपूर्ण उल्लेख गरिएको छ । ‘आफूले बेचेको सामानको मूल्य पाउने कुरा बजारको सामान्य र …

पुरा पढ्नुहॊस »

देशभर चिसो बढ्दै, काठमाडौंको तापक्रम १.२ डिग्री

काठमाडौं । काठमाडौंको आज बिहानको तापक्रम १.२ डिग्री सेल्सियस मापन गरिएको छ । बिहीबार यो वर्षकै कम ०.८ डिग्रीमा झरेको काठमाडौंको शुक्रबार बिहानको तापक्रम थोरै बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार बिहान पौने ८ बजेसम्ममा यो तापक्रम थोरै घट्न सक्नेछ । तर भोलिदेखि देशभरी कै मौसम आशिंकदेखि सामान्य बदली हुने भएकाले एकदुई दिन न्यूनतम तापक्रम नघट्ने उनले बताइन् । शुक्रबार रातिदेखि सक्रिय हुन लागेको …

पुरा पढ्नुहॊस »