Tag Archives: feautured

नेकपा सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण

काठमाडौं ।नेकपाकी  सचेतक   तथा संसद्  शान्ता चौधरीलाई कोरोना संक्रमण  पुष्टि भएको छ। उच्च ज्वरो आए पछि सोमबार स्वाब परीक्षणका लागि पठाएको आज मंगलबार कोरोना पोजेटिभ  नतिजा आएको हो। उनी अहिले घरमै आइसोलेसनमा रहेको र अस्पताल जाने तयारी गरिरहेको  जानकारी दिएकी छिन्।

पुरा पढ्नुहॊस »

स्कुटर दुर्घटनामा १ जनाको मृत्यु

सुनसरी। सुनसरीको धरान-१४ बस्ने २५ बर्षीय गोकुल तामाङको स्कुटर दुर्घटनामा परी मृत्यु भएको छ । आज विहान १०ः१५  बजे धरान त्रिवेणी मार्ग भित्रि सडकखण्डमा को १ त ८८०१ नम्बरको मिनि ट्याक्टरले को ३० प १२९६ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर पछाडी सवार रहेका तामाङ गम्भिर घाईते भएका थिए । घाईते तामाङको घोपा धरानमा उपचारको क्रममा  बिहान  ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ।ठक्कर  दिने ट्याक्टर र ट्याक्टर …

पुरा पढ्नुहॊस »

धनकुटामा करेन्ट लागेर १ को मृत्यु

धनकुटा ।धनकुटा पाख्रिबास-५ दियाले निवासी अनिल थापाको करेन्ट लागेर मृत्यु भएको छ । १७ बर्षीय बारीमा टाँकीको रुखमा घाँस काट्ने क्रममा अचानक प्रशारण विधुतको लाइन छुन पुग्दा करेन्ट लागेरघटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घटना सम्बन्धमा थप  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

बुटवलमा मृत्युपछि महिलामा कोरोना पुष्टि

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको  फिवर क्लिनिकमा एक जना महिलाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-१३ निवासी ६५ वर्षीया महिलाको उपचारको क्रममा १८  राति ८ बजे मृत्यु भएको हो । १८ गते  बिहान  ९ बजे अस्पताल  भर्ना भएकी महिलाको पीसीआर परीक्षणका स्वाब संकलन गरिएकोमा सोमबार  आज उनको रिपोर्ट पोजेटिभ आएको हो । योसँगै रुपन्देहीमा  हालसम्म  कोरोनाबाट  २६ जना संक्रमितको मृत्यु भइसकेको छ ।

पुरा पढ्नुहॊस »

बेपत्ता महिला मृत अवस्थामा फेला

खोटाङ। खोटाङ केपिलासगढि-२ कुदुङ निवासी  ६० बर्षीया ठकुरी राई मृत अवस्थामा फेला परेकी छिन् । बुधबर  अपरान्ह ५ बजे उनि घरबाटै हराएकी थिइन्। महिला हराएको जानकारी पाउनसाथ आफन्त सहित खोजतलासमा खटिएको प्रहरी टोलीले बिहीबार बिहान ०८ बजे  घर देखी करिव १२ सय मिटरमा रहेको तापखोलाको बगरमा ठकुरीलाई मृत अवस्थामा फेला  परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । उनको शव बगरको ढुङगामा अड्किएको अवस्थामा फेला परेको थियो ।घटना सम्बन्धमा थप अनुसन्धान …

पुरा पढ्नुहॊस »

होम आइसोलेसनमा बसेकी वृद्धाको मृत्यु

मोरङ।कोभिड १९ को  संक्रमणपछि होम आइसोलेसनमा रहेकी मोरङको उर्लाबारी नगरपालिका– २ कि निवासी  ८४ वर्षीया वृद्धाको बिहीबार मृत्यु भएको छ । विराट मेडिकल कलेजमा उपचारका क्रममा १३ गते कोरोना पोजेटिभ  पुष्टि भएपछि पछि वृद्धा होम आइसोलेसनमा  बसेकी थिइन् । उनको बिहीबार विहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका जानकारी दिएको छ।

पुरा पढ्नुहॊस »

मनीग्राम र आइएमई बीच डिजिटल रेमिट्यान्स सेवा विस्तार सम्झौता

काठमाडौं ।मनीग्राम र आइएमई बीच डिजिटल रेमिट्यान्स सेवा विस्तार सम्झौता भएको छ ।सम्झौता  पछि संसारभरी कुनै पनि ठाँउबाट  मनीग्राममार्फत रेमिट्यान्स गर्ने नेपाली नागरिकले आइएमई पे वालेटमा सिधैं रकम प्राप्त गर्न सक्नेछन्  । नेपाली नागरिकहरूले मनीग्रामबाट पठाएको पैसा आइएमई पे वालेटमा प्राप्त गर्नेगरी आइएमई डिजिटल र आइएमई लिमिटेडसँग सम्झौता गर्न पाउँदा आफुलाई निक्कै खुशी लागेको मनीग्रामका लागि दक्षिण  एसियास्थित ग्लोबल स्ट्राटेजीक सेल्स प्रमुख रिज सोहेलले बताए| कोरोनाभाइरस को महामारीबाट उत्पन्न सुरक्षा …

पुरा पढ्नुहॊस »

सिटी एक्सप्रेसको “जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु १०००० हातमा” योजना सार्वजनिक

काठमाडौं ।सिटी एक्सप्रेस मनी ट्रान्सफरले  नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न  “जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु १० हजार   हातमा” उपहार योजना घोषणा गरेको छ ।यो योजना लगातार ६० दिन सम्म चल्ने छ। सिटी एक्स्प्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६० दिन लगातार हरेक दिन १ जना विजेतालाई रु १० हजार उपहार प्रदान गरिने छ । “जब …

पुरा पढ्नुहॊस »

अशोक लेलैण्ड र एनएमबि बैंकबीच सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौ । अशोक लेलैण्ड र एनएमबि बैंकबीच सम्झौता प्रत्रमा हस्ताक्षर भएको छ।सम्झौतामा बैंकको तर्फबाट  Chif Business Officer सुदेश उपाध्याय र  अाईएमई मोटर्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका छन्। सम्झौतापछि अाईएमई म‍ोटर्सबाट सिफारिस  पाएका ग्राहकहरूले एनएमबि बैंकबाट योग्य व्यक्ति तथा संस्थालाई परिपत्र तथा सहुलियतपूर्ण  कर्जाहरू लगानी गर्ने साथै ब्याज अनुदान छुट पाउने छन्। बैंकको नीतिअनुसार भारतीय कम्पनी अशोक लेलैण्डले निर्माण गरेका तथा अाईएमई मोटर्सले बिक्रीवितरण गरेको Dost …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकद्वारा ट्राफिक प्रहरीलाई “ट्राफिक पोल”सहयोग

काठमाडौं।ग्लोबल आइएमई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत  ट्राफिक प्रहरीलाई काठमाडौँ उपत्यका भित्रका सडकहरुमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने ट्राफिक पोलहरु हस्तान्तरण गरेको छ। बैंकले प्रदान गरेको ट्राफिक पोलहरुले  ट्राफिक  जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पुर्याउने साथै ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्ने महानगरीय  ट्राफिक महाशाखाले जनाएको छ।

पुरा पढ्नुहॊस »