बुटवलमा मृत्युपछि महिलामा कोरोना पुष्टि

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको  फिवर क्लिनिकमा एक जना महिलाको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका-१३ निवासी ६५ वर्षीया महिलाको उपचारको क्रममा १८  राति ८ बजे मृत्यु भएको हो । १८ गते  बिहान  ९ बजे अस्पताल  भर्ना भएकी महिलाको पीसीआर परीक्षणका स्वाब संकलन गरिएकोमा सोमबार  आज उनको रिपोर्ट पोजेटिभ आएको हो ।

योसँगै रुपन्देहीमा  हालसम्म  कोरोनाबाट  २६ जना संक्रमितको मृत्यु भइसकेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री