Tag Archives: feautured

विराटनगरमा थप एक जना कोरोना संक्रमितको मृत्यु

विराटनगर । कोरोना संक्रमणबाट विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १ थप एक पुरुषको मृत्यु भएको छ। झापा भद्रपुर १० स्थायी ठेगाना भएका ८६ वर्षीय पुरुषको बुधबार बिहान ५ बजेर ५० बजे  विराट मेडिकल कलेजमा मृत्यु भएको हो। मृतक पुरुषमा उच्च रक्तचाप, मधुमेह र मृगौलाको समस्या थियो।

पुरा पढ्नुहॊस »

राजस्थान रोयल्स १६ रनले विजयी …..

काठमाडौं।आईपीएल मा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ। यूएईको सारजाह क्रिकेट मैदानमा भएको खेलमा राजस्थानले चेन्नेई सुपर किंग्सलाई १६ रनले हराएको हो । टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १६ रन बनाउँदै १६ रनले विजयी भएको हो।  

पुरा पढ्नुहॊस »

वरिष्ठ राजनीतिज्ञ अाचार्य निधन

काठमाडौं । वरिष्ठ राजनीतिज्ञ साहित्यकार  तथा तत्कालीन राजपरिषद स्थायी समिति सदस्य यज्ञप्रसाद आचार्यको निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा मंगलबार अपरान्ह ५:४५ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिए ।

पुरा पढ्नुहॊस »

गण्डकी प्रदेशमा थप १० जनामा कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशमा मगलबार थप १० जनामा कोरोना पुष्टि भएको छ । नयाँ संक्रमितहरुमा कास्कीका ८  रहेका छन् भने तनहुँका २ जना रहेका छन्।यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३५ हजार ३ जना पुगेको छ।

पुरा पढ्नुहॊस »

ऋण, धितो र ब्याज अनुदानको सदुपयोग गर्न महिला चेम्बरकी अध्यक्ष उर्मिलाको आग्रह

काठमाडौं ।नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले कोभिड-१९ पश्चात ॠणको दबाबले उद्योगी व्यवसायीमा मनोबल घटेको बताए । नेपाल महिला चेम्बरद्वारा आईतबार आयोजित नेपालको अर्थतन्त्रमा कोभिड-१९ को असर, चुनौती र अवसर विषयक अन्तक्रिया कार्यक्रम उनले यस्तो बताएका हुन्। सेमिनार कार्यक्रम माझ प्रमुख वक्ताका रुपमा प्रस्तुति दिने क्रममा उपाध्यक्ष अग्रवालले लामो समयसम्म जारी बन्दाबन्दीले नेपालको उद्योग व्यापारको क्षेत्र नराम्रोसँग प्रभावित बनेको उल्लेख गर्दै खाद्यान्न, स्वास्थ्य सामाग्री वाहेकका अन्य क्षेत्रले ठुलो घाटा …

पुरा पढ्नुहॊस »

सांग्रिला डेभलपमेन्ट बैंकले ल्यायो ग्रिन पिन सेवा

काठमाडौं। साग्रिला डेभलपमेन्ट बैंकले डिजिटल प्रविधिलाई मजबुत बनाउदै अाफ्ना ग्राहकहरूका लागि ग्रिनपिन सेवा संञ्चालनमा ल्याएको छ। ग्रिनपिनसेवा अन्तर्गत ग्राहकले बैंकबाट डेबिट कार्ड लिदा पिनको  जानकारी  अाफ्नो मोबाईलमा पाउन सकिने छ। ग्रिनपिनसेवा ग्राहकहरूका लागि अझै सुरक्षित र भरपर्दो हुने बैंकले विश्वास लिएको छ। सांग्रिला डेभलपमेन्टका विभिन्न शाखाहरूबाट ग्रिनपिन सेवा लिन सकिने छ।

पुरा पढ्नुहॊस »

नेपाल टेलिकम वर्कस् युनियन (एनटीसीडब्ल्यु) काे कोरानामुक्त कर्मचारीलाई स्वागत

काठमाडौं । नेपाल टेलिकम वर्कस् युनियन (एनटीसीडब्ल्यु) कोरोना मुक्त भएका अाफ्ना  कर्मचारीलाई स्वागत गरेको छ । नेपाल टेलिकम वर्कर्स युनियनले  पावर विभाग छाउनीमा कार्यरत ६ जना कर्मचारीलाई कार्यक्षेत्रमा पुनः स्वागत गरेको हो । सो शाखाका ६ जना कर्मचारीहरु यसअघि कोरोना पुष्टि भएर आइशोलेसनमा बसेका थिए । पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनीहरु कार्यक्षेत्रमा फर्किएका हुन् । युनियन काठमाडौं क्षेत्रीय समितिका अध्यक्ष अच्युत ओझा, केन्द्रीय सदस्य राकेश लामा, क्षेत्रीय सदस्य काजी …

पुरा पढ्नुहॊस »

झापा स्थित चन्द्रगढी विमानस्थलबाट उडान सुरू

झापा। झापा स्थित चन्द्रगढी विमानस्थलबाट  ६ महिना पछि पहिलो पल्ट अाजबाट  उडान सुचारु भएको  हो । विमानस्थलबाट अाज बुद्ध एयर र यति एयरले उडान भरेका हुन्। विगत ६ महिना देखिको लकडाउनका ठप्प हवाईसेवा   सरकारले सुचारू गर्ने  घोषणा गरे सँगै हवाईसेवा संञ्चालनमा अाएको हो।

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकद्धारा ई-टेलर सेवा सुरू

काठमाडौं। मुक्तिनाथ विकास बैंकले सुरक्षित  बैंकिङ्ग कारोबार गर्न मिल्ने गरि ई-टेलर सेवा सञ्चालनमा ल्याएको छ। ई-टेलर मार्फत ग्राहकहरूले चेक प्रयोग नगरि आफ्नो मोबाइल बैंकिङ्ग एप लग इन गरेर काउन्टरमा भएको QR CODE स्क्यान गरि आफ्नो खाताबाट रकम झिक्न सकिने छ। यो सेवा बैंकका देशभरिका शाखाहरूमा उपलब्ध  छ। उक्त सेवाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत  प्रद्युमन पोखरेलले गरेका थिए ।  बैंकले नयाँ प्रविधिलाई आत्मसात गर्नुका साथै बैंकमा कार्यरत कर्मचारी र ग्राहक …

पुरा पढ्नुहॊस »

अर्थमन्त्री खतिवडाले दिए राजीनामा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजिनामा दिएका  छन् ।  उनले प्रधानमन्त्री केपी शर्मा ओली  समक्ष बुझाएका हुन् ।  आजै बसेको मन्त्रिपरिषद बैठकमा खतिवडाले  राजीनामा गर्ने जानकारी गराएका थिए।   खतिवडाको कार्यकाल भदौ २० गतेसम्म रहेको थियो। संघीय संसदको सांसद नभएको व्यक्ति ६ महिना भन्दा बढी मन्त्री हुन नपाउने व्यवस्था अनुरुप  उनले राजीनामा दिएका हुन्।खतिवडा अढाई   वर्ष कार्यभार सम्हालेर बिदा भएका हुन् ।

पुरा पढ्नुहॊस »