Tag Archives: feautured

सहकर्मी सँग बदला लिन बालबालिकाको खानामा विष

काठमाडौं । चीनको ज्याओजू सहरस्थित शिशुशालामा बिहानको खाजा खाएपछि बिरामी परेका बालबालिकालाई अस्पताल लग्नुपरेपछि वाङ युनलाई पक्राउ गरिएको थियो। अदालतका अनुसार वाङले आफ्नी एक सहकर्मीको जिम्मामा भएका विद्यार्थीहरूको खानामा सोडीअम नाईट्राईट मिसाइदिएको ठहर गरेको छ। ती सहकर्मीसँग विवाद भएपछि प्रतिशोध लिन उनले त्यसो गरेको बताइएको छ। अदालतले वाङलाई “अनैतिक र दुष्ट” भनेको छ। गत वर्ष मार्च महिनामा उक्त घटना भएपछि पूरै चीन स्तब्ध भएको थियो। यसले विश्वभरि समाचारमा स्थान पायो। …

पुरा पढ्नुहॊस »

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ९ हजार नाघ्यो

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संङ्क्रमणबाट अमेरिकामा हालसम्म २  लाख  ९ हजार ८ सय ८ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ७३  लाख ६१ हजार ६  सय ३३ जना छन् । कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा ३  सय ५५ जनाको मृत्यु भएको छ भने ३७ हजार ४ सय १८ जना संक्रमित भएका छन् । भाइरसको संङ्क्रमणबाट अमेरिकाका न्युवर्क तथा न्युजर्सी राज्य सबैभन्दा बढी प्रभावित …

पुरा पढ्नुहॊस »

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ४२ हजार नाघ्यो

काठमाडौं । तिव्र रुपमा फैलिरहेको कोरोना भाइरसका कारण ब्राजिलमा संक्रमितको सख्या बढ्दै गएको छ । ब्राजिल कोरोना भाइरसका कारण धेरै नागरिक गुमाउने मुलुकको दोस्रो स्थानमा पुगेको छ। पछिल्लो २४ घण्टामा ३ सय ८५ जनाको मृत्यु भएको छ भने १६ हजार १८ जना नयाँ संक्रमित भएका छन् । यो सगैं ब्राजिलमा संक्रमितको सख्या ४७ लाख ४८ हजार ३ सय २७ जना जना पुगेको छ भने १ लाख  ४२ हजार १ सय …

पुरा पढ्नुहॊस »

खैरो हिरोईन ब्राउनसुगर सहित एक पक्राउ

मोरङ। विराटनगर-१६ दरैया का ६१ बर्षीय रामु मण्डल लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छन्। सोमबार अपरान्ह विशेष सुराकका आधरामा खटिएको प्रहरी टोलीले साईकलमा आईरहेका मण्डललाइ विराटनगर-१२ स्थित कलेज रोडबाट नियन्त्रण लिईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । नियन्त्रण पश्चात उनि माथी चेकचाँच गर्दा प्लाष्टिकमा पोको पारेर राखिएको अवस्थामा ५ ग्राम ७० मिलीग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको साथै उनि उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी  बढाइएको …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकमा कर्जाको ब्याजदर ८.९९ प्रतिशत कायम गर्न मात्र २३ दिन बाँकी

काठमाडौं । एनआईसी एसिया बैंकमा कर्जाहरूको ब्याजदर ८.९९ प्रतिशत कायम गर्ने अवधि सकिन लागेकाे छ । बैंकमा २०७७ साउन मसान्तसम्म ३ महिना वा बढीले भाखा नाघेका कर्जाहरूको ब्याजदर ८.९९ प्रतिशत कायम गर्न मात्र २३ दिन बाँकी रहेको बैंकले जनाएको छ। बैंकले ग्राहकहरुमा पर्ने आर्थिक भारलाई कम गर्ने हेतुले ल्याएको उक्त याेजना सञ्चालनमा ल्याएकाे छ। बैंकबाट मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट …

पुरा पढ्नुहॊस »

बिराट जुटमिलको वाल भत्किदा एकको मृत्यु

मोरङ बिराटनगर-१५ रानी एरिया बस्ने  ५५ बर्षीया समिरु नेसाको वाल भत्कीएर किच्दा मृत्यु भएको छ । आज बिहान साढे ८ बजे कलमा पानी लिनका लागी जादै गर्दा  सोहि स्थानमा रहेको बिराट जुटमिलको वाल भत्कीएर समिरुलाई किच्दा गम्भिर घाईते भएकी समिरुको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा बिहिबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पुरा पढ्नुहॊस »

कांग्रेस महामन्त्री शशांक कोइराला कोरोनामुक्त

काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला कोरोनामुक्त भएका छन्। कोइरालालाई गत भदौ २३ मा कोरोना संक्रमण देखिएको थियो। कोरोना देखिए पछि केहि दिन  टोखा स्थिति घरमै अाईसोलेसनमा बसेका कोइराला पछि स्वास्थ्यमा समस्या अाए पछि अस्पताल भर्ना भएका थिए ।स्टार अस्पतालमा गरिएको पिसीअार परीक्षणमा कोईरालाको कोरोना नेगेटिभ अाएको हो।

पुरा पढ्नुहॊस »

हाइड्रो कर्मचारीको करेन्ट लागेर मृत्यु

ओखलढुंगा। अोखलढुंगाको मेलुङ हाइड्रोमा सुपरभाईजर पदमा कार्यरत प्रमेश पौडेल खत्रीको करेन्ट लागेर ज्यान गएको छ। मोलुङ–१मोलुङ हाइड्रोको हाइटेन्सन लाइनको जम्पर हटाउन पोलमा चढेका कुन्तादेवीका २८ वर्षीय खत्रीको पोलमै करेन्ट लागेर ज्यान गएको हो।खत्रीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटारमा पठाइएको  जिल्ला  प्रहरी कार्यलयले जनाएको छ।

पुरा पढ्नुहॊस »

भारतमा कोरानाका कारण एकै दिन १ हजार ५६ को मृत्यु

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट १ हजार ५६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ९० हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ९०  हजार ७७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ८० हजार ३ सय ९१ जना संक्रमित पुष्टि भएको छ । योसँगै भारतमा …

पुरा पढ्नुहॊस »

बाँकेमा उपचारका क्रममा कोरोना संक्रमितको मृत्यु

बाँके।बाँकेमा उपचारका क्रममा कोरोना संक्रमित पुरूषको मृत्यु भएको  छ। बर्दिया जिल्लाका एक कोरोना संक्रमित पुरुषको उपचारको क्रममा बाँकेमा मृत्यु भएको हो। ठाकुरद्धारा नगरपालिका निवासी ६४ वर्षीय पुरुषको मंगलबार दिउँसो नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलुपरमा मृत्यु भएको हो। उनी फोक्सोको रोगबाट पीडित रहेका थिए।

पुरा पढ्नुहॊस »