बेपत्ता महिला मृत अवस्थामा फेला

खोटाङ। खोटाङ केपिलासगढि-२ कुदुङ निवासी  ६० बर्षीया ठकुरी राई मृत अवस्थामा फेला परेकी छिन् । बुधबर  अपरान्ह ५ बजे उनि घरबाटै हराएकी थिइन्।

महिला हराएको जानकारी पाउनसाथ आफन्त सहित खोजतलासमा खटिएको प्रहरी टोलीले बिहीबार बिहान ०८ बजे  घर देखी करिव १२ सय मिटरमा रहेको तापखोलाको बगरमा ठकुरीलाई मृत अवस्थामा फेला  परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

उनको शव बगरको ढुङगामा अड्किएको अवस्थामा फेला परेको थियो ।घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कांग्रेस संसदीय दलको बैठक सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक एक दिनलाई सरेको छ …

प्रतिकृया दिनुहॊस