Tag Archives: featured

एनआईसी एशिया लघुवित्तको सीईओमा चोलराज शर्मा

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चोलराज शर्मा जोशी नियुक्त भएका छन् । सञ्चालक समितिको बैठकले जोशीलाई संस्थाको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई साउन ७ गतेदेखि लागू हुनेगरी सीईओमा नियुक्त गरिएको हो । यसअघिका कम्पनीको सीईओ लक्ष्मण चालिसेलाई संस्थापक एनआईसी एशिया बैंकले फिर्ता बोलाएपछि रिक्त रहेको पदमा जोशीलाई नियुक्त गरिएको हो ।  

पुरा पढ्नुहॊस »

एडुसन्जाल र आईएमई पेबीच साझेदारी

काठमाडौं । डिजिटल वालेट आईएमई पे र शैक्षिक पोर्टल एडु सन्जालबीच पेमेन्ट पार्टनरसिपको सम्झौता भएको छ। यी दुई संस्थाबीच भुक्तानी तथा अन्य अफरहरूमा साझेदारी भएको हो। साझेदारीपश्चात् पहिलो दुई सय विद्यार्थीहरूले आईएमई पे एपमार्फत एक रुपैयाँमा एडु सन्जालले प्रदान गर्दै आएको एलएमएस-बेस्ट सिम्याट कोर्समा भर्ना हुन सक्नेछन्। यसको अतिरिक्त एडु सन्जालबाट प्राप्त हुने रेफरल कोड प्रयोग गरी आइएमई पे एपमा साइन-अप गरेका विद्यार्थी प्रयोगकर्ताहरूले यस एपमा सञ्चालन हुने आइएमई क्विज …

पुरा पढ्नुहॊस »

नेपाल लाइफले किन्यो दुई शैक्षिक संस्थाको १ अर्ब ३३ करोडको सेयर

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रोफेसनल एजुकेटर्स लिमिटेड र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा लगानी गर्ने निर्णय गरेको छ । आइतबार होटल रोयल सिङ्गी काठमाडौँमा सम्पन्न सम्झौतामा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र प्रोफेसनल एडुकेटर्स लिमिटेडका कार्यकारी अध्यक्ष प्रा.डा. खगेन्द्र प्रसाद ओझाले उक्त सम्भौता पत्रमा हस्ताक्षर गरे । कम्पनीले प्रोफेसनल एडुकेटर्स लिमिटेडमा ७३ करोड ७२ लाख ८९ हजार ६ सय लगानी गरी ३५.३२ प्रतिशत स्वामित्व र …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकलाई ‘गोल्ड अवार्ड’

काठमाडौं । मुक्तिनाथ विकास बैंक ‘गोल्ड अवार्ड’बाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थालाई प्रदान गर्दै आएको राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार–२०२३ मा विभिन्न विधामध्ये वित्तीय क्षेत्रतर्फ आर्थिक वर्ष ०७९/८० का लागि बैंक ‘गोल्ड अवार्ड’बाट पाँचौँपटक सम्मानित भएको हो। बैंक सोही पुरस्कारबाट आव ०७५/७६ देखि ०७९/८० सम्म लगातार पाँचौँपटक पुरस्कृत भएको छ। आइक्यानले निजी बैंकिङ, वित्तीय सेवा, उत्पादन, शक्ति र ऊर्जा …

पुरा पढ्नुहॊस »

एनएमबि बैंकमा ८.९२ प्रतिशतदेखि घर कर्जा पाइने

काठमाडौँ । एनएमबि बैंकले एनएमबि होम लोनमा मात्र ८.९२ प्रतिशत बाट सुरु हुने फ्लोटिङ ब्याजदर उपलब्ध गराउने भएको छ । एनएमबि होम लोनको साथ ग्राहकहरूले फ्लोटिङ दरको लचिलोपनको आनन्द लिन सक्ने बै‌ंकको भनाई छ । जसले ग्राहकको आफ्नो सपनाको घर सुरक्षित गर्दा सम्भावित बजार उतार–चढावबाट फाइदा लिन सक्ने बैंकले जनाएको हो ।

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई बैंकका ग्राहकलाई इशान अस्पतालमा छुट

काठमाडाैं । ग्लोबल आईएमई बैंक लिमिटेड र इशान बाल तथा महिला अस्पतालबीच ग्लोबल आईएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर सम्पन्न भएको छ। उक्त समझदारीमा बैंकका प्रमुख बजार अधिकृत दिलिप पोखरेल र अस्पतालका प्रमुख परिचालन अधिकृत श्रीराम पन्तले हस्ताक्षर गरेका छन्। उक्त अवसरमा अस्पतालका निर्देशक प्रा. डा. रामनन्दन पी. चौधरीको विशेष उपस्थिति रहेको थियो। यस सम्झौता अनुसार, अस्पतालले बैंकका डेबिट/क्रेडिट कार्ड एव्म बैंकको …

पुरा पढ्नुहॊस »

नबिल बैंक एकैसाथ तीन अन्तर्राष्ट्रिय अवार्ड र एक राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौँ । नबिल बैंक लिमिटेडले एकसाथ ४ वटा प्रतिष्ठित अवार्डहरू प्राप्त गरेको छ ।  ४०औँ वार्षिकोत्सवका कार्यक्रमहरू मनाउँदै गर्दा बैंकले यी महत्त्वपूर्ण अवार्डहरू जित्न सफल भएको हो । यस उपलब्धिले बैंकको वित्तीय पारदर्शिता, जबाफदेहिता, सुशासन, र उत्कृष्ट सेवाको मान्यता थप सुदृढ गरेको बैंकको भनाइ छ । बैंकको ४० वर्षे अनवरत यात्रामा धेरै उपलब्धि हासिल भएको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए । ढुंगानाले भने ‘नवीन प्रयोग र ग्राहकको …

पुरा पढ्नुहॊस »

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा साताको दोस्रो कारोबार दिन आज (सोमबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ सय रुपैयाँले बढेको हो । आइतबार प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ सय रुपैयाँले बढेर १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भइरहेको …

पुरा पढ्नुहॊस »

क्राउड स्ट्राइकको समस्याप्रति राष्ट्र बैंकको चासो, गभर्नरले भने- सजग रहनुहोस्

काठमाडाैं । क्राउड स्ट्राइकको सफ्टेवयर अपडेटबाट परेको असरबारे नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरोकारवालाहरुसँग भेट गरेका छन् । उनले आइतबार नेपाल क्लियरिङ हाउस, बैंकर्स संघलगायतका संस्थाहरुसँग समस्याबारे छलफल गरेका हुन् । बैंकका अनुसार गत शुक्रबार क्राउड स्ट्राइकको सफ्टवेयर अपडेटको क्रममा विश्वव्यापी सूचना प्रविधि सञ्जालमा आएको समस्याले बैकिङ प्रणालीमा परेको असराबारे छलफल भएको छ । गभर्नर अधिकारीले छलफलमा आगामी दिनमा आउनसक्ने चुनौतीप्रति सजग रहनुपर्ने बताएको राष्ट्र बैंकले जनाएको छ ।

पुरा पढ्नुहॊस »

नेप्से परिसूचक ६१ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६१ अङ्कले बढेको छ । नेप्से ६१.६१ अंकले बढेर दुई हजार चार सय ८५.९४ को विन्दुमा कायम भएको हो । ३१५ कम्पनीको ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता शेयर एक लाख ७७ हजार ४६७ पटक खरिदबिक्री हुँदा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार २९० बराबरको कारोबार भएको छ । सबै भन्दा बढी व्यापार समूहको उपसूचकमा ६. ८० प्रतिशतले बढेको …

पुरा पढ्नुहॊस »