काठमाडाैं । क्राउड स्ट्राइकको सफ्टेवयर अपडेटबाट परेको असरबारे नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरोकारवालाहरुसँग भेट गरेका छन् । उनले आइतबार नेपाल क्लियरिङ हाउस, बैंकर्स संघलगायतका संस्थाहरुसँग समस्याबारे छलफल गरेका हुन् ।
बैंकका अनुसार गत शुक्रबार क्राउड स्ट्राइकको सफ्टवेयर अपडेटको क्रममा विश्वव्यापी सूचना प्रविधि सञ्जालमा आएको समस्याले बैकिङ प्रणालीमा परेको असराबारे छलफल भएको छ । गभर्नर अधिकारीले छलफलमा आगामी दिनमा आउनसक्ने चुनौतीप्रति सजग रहनुपर्ने बताएको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिकृया दिनुहॊस