एडुसन्जाल र आईएमई पेबीच साझेदारी

काठमाडौं । डिजिटल वालेट आईएमई पे र शैक्षिक पोर्टल एडु सन्जालबीच पेमेन्ट पार्टनरसिपको सम्झौता भएको छ। यी दुई संस्थाबीच भुक्तानी तथा अन्य अफरहरूमा साझेदारी भएको हो।

साझेदारीपश्चात् पहिलो दुई सय विद्यार्थीहरूले आईएमई पे एपमार्फत एक रुपैयाँमा एडु सन्जालले प्रदान गर्दै आएको एलएमएस-बेस्ट सिम्याट कोर्समा भर्ना हुन सक्नेछन्।

यसको अतिरिक्त एडु सन्जालबाट प्राप्त हुने रेफरल कोड प्रयोग गरी आइएमई पे एपमा साइन-अप गरेका विद्यार्थी प्रयोगकर्ताहरूले यस एपमा सञ्चालन हुने आइएमई क्विज नामक साप्ताहिक प्रतियोगितामा भाग लिन र प्रोमोकोड जित्ने मौका पनि प्राप्त गर्न सक्नेछन् ।

साथै आउने दिनहरुमा आइएमई पे एपमा नयाँ अनबोर्ड हुने विद्यार्थीहरूलाई लक्षित गरी आइएमई पे एप मै विभिन्न अफर र प्रतियोगिताहरू उपलब्ध हुनेछ।

सम्झौताबाट डिजिटल प्लेटफर्ममार्फत शिक्षाको लाभ उठाउन सकिने र डिजिटल वालेटको प्रयोगको लागि थप प्रयोगकर्ताहरू आकर्षण गर्न मद्दत मिल्नेछ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘आइएमई पे डिजिटल दसैँ तिहार’ योजना सार्वजनिक

काठमाडौं । दसैँ, तिहार तथा छठको अवसरमा आईएमई पेले “आइएमई पे डिजिटल दसैँ तिहार” योजना …

प्रतिकृया दिनुहॊस