एनआईसी बैंकका कार्ड प्रयोगकर्ताहरूलाई लेमन ट्री प्रिमियरका विभिन्न सेवामा ३५ प्रतिशतसम्म छुट

काठमाडौँ । एनआइसी एसिया बैंकले आफ्ना कार्ड प्रयोगकर्ता ग्राहकहरु तथा कर्मचारीहरूलाई काठमाडौं, बुढानीलकण्ठस्थित Lemon Tree Premier Budhanilkantha होटलका विभिन्न सेवाहरूमा ३५ प्रतिशतसम्म छुट प्रदान गर्ने भएको छ ।

नजिकिँदै गरेका दसैँ, तिहार, छठ जस्ता विभिन्न चाडपर्वहरूको विशेष अवसरमा Visa Debit Card तथा Visa Credit Card र Mastercard प्रयोग गरेर भुक्तानी गर्ने आफ्ना ग्राहकहरूलाई बैंकले यस्तो सुविधा उपलब्ध गराएको जनाएको छ ।

उक्त छुट प्रदान गर्ने विषयमा एनआईसी एसिया बैंक र Lemon Tree Premier Budhanilkantha होटलबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको हो । यस समझदारी अनुसार Visa Debit Card,
Visa Credit Card र Mastercard प्रयोग गरी भुक्तानी गर्ने ग्राहकहरूले होटलको बसाई, खाना तथा पेयपदार्थमा २० प्रतिशत छुट प्राप्त गर्नेछन् भने स्पा सेवामा Visa Debit Card, Mastercard प्रयोगकर्ताले ३० प्रतिशत र Visa Credit Card प्रयोगकर्ताले ३५ प्रतिशत छुट प्राप्त गर्नेछन् ।

साथै, आफ्नो विशेष अवसर परेर होटलमा बस्ने बैंकका ग्राहकहरूले एक पाउण्डको केक कम्प्लिमेन्ट्रीको रुपमा र Visa Credit Card तथा Mastercard प्रयोगकर्ताले रुम अपग्रेडको कम्प्लिमेन्ट्री प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

उक्त छुट अफर २०२४ नोभेम्बर ३० अर्थात् २०८१ मंसिर १५ गतेसम्मका लागि मात्र लागू हुनेछ । रुम अपग्रेड’को सुविधा प्राप्त गर्न कोठा उपलब्धतामा भर पर्ने केक कम्प्लिमेन्ट्री प्राप्त गर्नको लागि एक दिनअघि नै जानकारी गराउनुपर्ने बताइएको छ । यो छुट होटलको वेबसाइटमा उपलब्ध भएको दरमा प्राप्त हुने बैंकले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकद्वारा डिजिटल कारोबारलाई प्रोत्साहन, सञ्चालनमा ल्यायो स्मार्ट हब

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले डिजिटल सेवालाई अझै परिस्कृत गर्ने योजना अनुरुप कर्पोरेट कार्यालयको परिसरमा …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds