सुनको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाकै १ लाख ५७ हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा साताको दोस्रो आज (सोमबार) सुनको मूल्य बढेको छ । विगत तीन दिनदेखि सुनको मूल्यमा लगातार नयाँ रेकर्ड बनिरहेको हो ।

आइतबार प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ । आज सुनको भाउ प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँमा रहेको छ । यो हालसम्मकै उच्च हो ।

यस दिन चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्सेमा गिरावट, ५ अर्ब ६६ करोडको कारोबार

काठमाडौँ । आजको दिन सेयर कारोबार मापक नेप्से परिसूचक ४ अंकले घटेर २५७६.७६ विन्दुमा पुगेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds