असोज महिनामा एनआईसी एशियाले घटायो ब्याजदर

काठमाडौं । एनआईसी एशिया बैंकले अघिल्लो महिनाको तुलनामा असोज महिनाका लागि ब्याजदर घटाएको छ । कम्पनीले सोमबार उक्त महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गर्दै व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको हो ।

कम्पनीले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.१८ प्रतिशत कायम गरेको छ । भदौ महिनामा भने अधिकतम ब्यादजर ७.४१ प्रतिशत थियो ।

सार्वजनिक सूचना अनुसार कम्पनीले व्यक्तिगत निक्षेपतर्फ ३ महिने अवधिका लागि ५ प्रतिशत ३ महिनादेखि १ वर्ष अवधिका लागि ५.०५ प्रतिशत,१ वर्षका लागि ५.६० प्रतिशत,१ वर्षदेखि २ वर्षसम्मका लागि ५.७५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । त्यस्तै कम्पनीले २ वर्षमाथि देखि ५ वर्षसम्मका लागि ६.२५ प्रतिशत, ५ भन्दा माथिका लागि ७.१८ प्रतिशत ब्याजदर कायम गरेको छ ।

यसैगरी, कम्पनीले असोज महिनाका लागि संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटाएको छ । भदौ महिनामा संस्थागत निक्षेपकतर्फ अधिकतम ६.४१ प्रतिशत ब्याजदर प्रदान गरेकोमा उक्त कम्पनीले असोज महिनाका लागि अधिकतम ६.१८ प्रतिशत कायम गरेको छ ।

त्यस्तै कम्पनीले संस्थागत मुद्दती निक्षेपतर्फ ६ महिनादेखि १२ महिनासम्मको अवधिका लागि ३ प्रतिशत, १ वर्षका लागि ३ प्रतिशत,१ वर्षदेखि २ वर्षसम्मका लागि ३ प्रतिशत ब्याजदर कायम गरेको छ ।

यसैगरी, कम्पनीले सोही शिर्षकतर्फ २ देखि ५ वर्षका लागि ३.५० प्रतिशत र ५ वर्षभन्दा माथिका लागि ६.१८ प्रतिशत ब्याजदर कायम गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकद्वारा डिजिटल कारोबारलाई प्रोत्साहन, सञ्चालनमा ल्यायो स्मार्ट हब

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले डिजिटल सेवालाई अझै परिस्कृत गर्ने योजना अनुरुप कर्पोरेट कार्यालयको परिसरमा …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds