डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाको विजयी सुरुवात

काठमाडौं । साविक विजेता अर्जेन्टिनाले २०२४ संस्करणको कोपा अमेरिकामा विजयी सुरुवात गरेको छ । एटलान्टामा भएको उद्दघाटन खेलमा अर्जेन्टिनाले क्यानडा माथि २-० को जित दर्ता गरेको हो ।

अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र लाउतारो मार्टिनेजले एक एक गोल गरेका थिए । पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा अर्जेन्टिनाले दुवै गोल दोस्रो हाफमा गरेको थियो । अल्भारेजले खेलको ४९औं मिनेटमा र मार्टिनेजले खेलको ८८औ मिनेटमा गोल गरेका थिए ।

अर्जेन्टिनाले यो जितपछि समूह ए’मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ । अब अर्जेन्टिनाले अर्को खेल जुन २६ मा चिलीविरुद्ध खेल्ने तालिका रहेको छ । क्यानडाले पेरुविरुद्ध खेल्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एएपफसी यू-२०ः नेपाल उज्वेकिस्तानसँग ६-० ले पराजित

काठमाडौं । एएफसी यू-२० एशियन कप छनौटमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । न्यू ताइपेइ …

प्रतिकृया दिनुहॊस