काठमाडौँ । प्रभु बैंकले ‘बैंक अफ दि इयर २०२३’ को उपाधि प्राप्त गरेको छ। बेलायतको लन्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२३ को ‘बैंक अफ दि इयर’ बाट प्रभु बैंकलाई सम्मान प्रदान गरेको हो । सन् २००० देखि ‘दि बैंकर’ले गर्दै आएको ‘बैंक अफ दि इयर’ अवार्ड विश्वव्यापी बैंकिङमा सबैभन्दा प्रतिष्ठित अवार्ड हो । ‘बैंक अफ दि इयर’ अवार्डलाई बैंकिङ उत्कृष्टताको मानक अर्थात् ‘बैंकिङ उद्योगको ओस्कार’ मानिन्छ …
पुरा पढ्नुहॊस »कति छ आज विदेशी मुद्राको विनिमय दर ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १४ पैसा र बिक्री दर १३३ रुपैयाँ ७४ पैसा रहेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ २८ पैसा र बिक्री दर १४५ रुपैयाँ ९४ पैसा रहेको …
पुरा पढ्नुहॊस »एनएमबि बैंकले लाभांश नबाँड्ने
काठमाडौँ । एनएमबी बैंकले यो वर्ष लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको वितरणयोग्य नाफा सञ्चित गर्ने भन्दै लाभांश वितरण नगर्ने भएको हो । नेपाल स्टक एक्सचेन्जलाई एनएमबीले यो वर्ष लगानीकर्तालाई लाभांश वितरण नगर्ने जानकारी दिएको छ । बुधवार बसेको कम्पनीको ४५८औँ सञ्चालक समितिले यस्तो निर्णय गरेको जनाइएको छ । कम्पनीको सञ्चालक समितिको यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट र आगामी साधारण सभाबाट पारित हुनुपर्ने छ । …
पुरा पढ्नुहॊस »बिहीबार सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ३ सय
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । लगातार तीन दिन नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य स्थिर रहेको हो । बुधबार सुन प्रतितोला १ लाख १९ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो । आज पनि सुन सोही मूल्यमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि …
पुरा पढ्नुहॊस »कति छ आज विदेशी मुद्राको विनिमय दर ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०३ पैसा र बिक्री दर १३३ रुपैयाँ ६३ पैसा रहेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ९९ पैसा र बिक्री दर १४३ रुपैयाँ ६५ …
पुरा पढ्नुहॊस »भाटभटेनी सुपरमार्केटले कर्पोरेट टावर बनाउने
काठमाडौं । भाटभटेनी सुपरमार्केटले काठमाडौंको टंगालमा रहेको मुख्य स्टोरको विस्तारसँगै कर्पोरेट टावर निर्माण गर्ने भएको छ । टंगालमा बुधबार बिहान भाटभटेनी सुपरस्टोरका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले टावर निर्माणको शुभारम्भ गरेका हुन् । भाटभटेनीका चिफ अपरेटिङ अफिसर पानु पौडेलले भाटभटेनीको टंगालमा रहेको स्टोर विस्तारसँगै कर्पोरेट कार्यालयको शुभारम्भ भएको जानकारी गराए । काठमाडौंको टंगालसहित देशका विभिन्न २७ स्थानमा भाटभटेनीका स्टोर सञ्चालनमा छन् ।
पुरा पढ्नुहॊस »सानिमा बैंक अब स्याङ्जाको पुतलीबजारमा
काठमाडौँ – सानिमा बैंक लिमिटेडले मिति २०८० मंसिर १३ गते स्याङ्जाको पुतलीबजारमा शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ , बैंकका संचालक, रमेश कुमार पोखरेल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत, निश्चल राज पान्डेले संयुक्त रुपमा गर्नुभयो । समुद्घाटन् समारोहमा मदन कृष्ण श्रेष्ठले स्याङ्जाको पुतलीबजारमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको …
पुरा पढ्नुहॊस »आईएमई ग्रुपले लियो मोटुल लुब्रिकेन्ट्सको डिलरसिप
काठमाडौं । लुब्रिकेन्ट्स ब्रान्ड मोटुललाई नेपाली बजारमा आईएमई ग्रुपले बिक्री वितरण गर्ने भएको छ। नेपाली बजारमा उपलब्ध रहँदै आएको मोटुललाई आधिकारिक रुपमा बिक्री गर्न कम्पनीले आईएमई ग्रुपलाई नयाँ बिक्रेतामा नियुक्त गरेको हो। आधिकारिक बिक्रेतामा नियुक्त भएसँगै कम्पनीले मोटुलको बजारलाई देशभर विस्तार गर्ने जनाएको छ। आईएमई ग्रुप अन्तर्गतको अटोमोटिभ डिभिजनका सिईओ हेमन्त पुरानिकका अनुसार गुणस्तरिय र उच्च प्रविधीयुक्त उत्पादन उपलब्ध गराउने कम्पनीको प्रतिबद्धता अनुरुप मोटुलसँग सहकार्य गरिएको हो। ‘मोटुलजस्तो विश्व प्रख्यात …
पुरा पढ्नुहॊस »इप्पानको प्रमुख कार्यकारीमा भीम गौतम नियुक्त
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को प्रमुख कार्यकारीमा भीमप्रसाद गौतम नियुक्त भएका छन् । ऊर्जा उत्पादकहरूको छाता संस्था (इप्पान)ले गौतमलाई बुधबार तीन वर्षका लागि प्रमुख कार्यकारीमा नियुक्त गरेको हो । इप्पान अध्यक्ष गणेश कार्कीले गौतमलाई प्रमुख कार्यकारीको रूपमा इप्पानमा स्वागत गर्दै, गौतमको कार्यकालमा इप्पानले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे । इप्पानका नवनियुक्त प्रमुख कार्यकारी गौतमले इप्पानलाई नयाँ उचाइ दिन आफूले सतप्रतिशत योगदान दिने बताए । काभ्रेपलाञ्चोकको …
पुरा पढ्नुहॊस »सफ्टवेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स पढाइ हुने
काठमाडौँ । सफ्टवेरिका कलेज अफ आईटी एन्ड ई–कमर्सले स्नातक तहमा नयाँ शैक्षिक कार्यालय अध्यापन गराउने भएको छ । कोभेन्ट्री विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले सोही विश्वविद्यालयको सम्बन्धनमा ‘बीएससी (अनर्स) कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स’ विषय पठनपाठन गर्ने भएको हो । तीन वर्षे तथा ३६० क्रेडिट आवरको यो शैक्षिक कार्यक्रम यसै शैक्षिक सत्रबाट अध्यापन सुरु हुने छ । कार्यक्रमको पाठ्यक्रममा आधारभूत कम्प्युटर विज्ञान र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विशेषज्ञतालाई एकीकृत गरिएको छ । …
पुरा पढ्नुहॊस »