सानिमा बैंक अब स्याङ्जाको पुतलीबजारमा

काठमाडौँ – सानिमा बैंक लिमिटेडले मिति २०८० मंसिर १३ गते स्याङ्जाको पुतलीबजारमा शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ , बैंकका संचालक, रमेश कुमार पोखरेल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत, निश्चल राज पान्डेले संयुक्त रुपमा गर्नुभयो ।

समुद्घाटन् समारोहमा मदन कृष्ण श्रेष्ठले स्याङ्जाको पुतलीबजारमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गर्नुभयोे । त्यसैगरी सानिमा बैंकका संचालक, रमेश कुमार पोखरेलले सानिमा बैंकलाई विश्वास गरि सबल अनि विश्वस्निय बैंकको रुपमा स्थापित हुन सहयोग गर्ने बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्नुभयो ।

त्यसैगरी उक्त कार्याक्रममा बोल्दै, बैंकका प्रमुख कार्यकारी अधिकृत, निश्चल राज पान्डेले स्याङ्जा जिल्लामा शाखा स्थापना गरेर बैंकले स्थानियग्राहरुलाई विश्वसनीय एवम स्तरीय सेवा प्रदान गर्ने प्रतिवद्दता व्यक्त गरी यस कार्याक्रममा सम्पुर्ण स्याङ्जा वासिको सहयोग र साथ पाउने विश्वास व्यक्त गर्नुभयो । सानिमा बैंकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय र १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

काठमाडौँ । ज्योति विकास बैंकले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई अनुकरणीय सेवा, समर्पण र योगदानका लागि …

प्रतिकृया दिनुहॊस