काठमाडौँ । काठमाडौँको नक्सालमा फेमिना फ्ल्न्ट स्टुडियो सलुन खुलेको छ । मिस भारत २०२३ नन्दिनी गुप्ताले सोमबार एक समारोहका बिच उक्त स्टुडियोको समुद्घाटन गरिन् । समुद्घाटनमा मिस नेपाललगायतका सौन्दर्यहरुको उपस्थिति रहेको जनाइएको छ । सन् २०२३ मा फेमिना मिस भारत ताज जितेकी नन्दिनी मिस भारत वर्ल्ड २०२३ पनि हुन् । काठमाडौँको जे एण्ड के स्टुडियो प्रालि र सौन्दर्य प्रशाधनका क्षेत्रमा लामो इतिहास बोकेको फेमिना ब्राण्डको होल्डिङ समूह भारतको चर्चित टाइम्स …
पुरा पढ्नुहॊस »नबिल बैंकका पूर्वसीईओ बने फोनपेको अध्यक्ष, ढकालले दिए राजीनामा
काठमाडौं । फोन पेको अध्यक्षमा सशिन जोशी नियुक्त भएका छन् । एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले राजीनामा दिएसँगै जोशी नयाँ अध्यक्ष नियुक्त भएका हुन् । ढकालले राजीनामा दिएको बताउँदै सशिनले एफवान सफ्टलाई थप उचाइमा पुर्याउने बताए । जोशी यसअघि जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिजमा कार्यकारी निर्देशक रहेका थिए । ढकालले फोनपेको अध्यक्षबाट राजीनामा दिँदै जोशीसहित सीईओ दिवस सापकोटाले फोन पेलाई थप अघि बढाउने बताए । जोशी २०१५ देखि २०१८ सम्म …
पुरा पढ्नुहॊस »नेप्सेमा मुक्तिनाथ कृषि कम्पनीको शेयर सूचीकृत, कति पायो ओपनिङ रेन्ज ?
काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँट भएको आठ दिनभित्रमा नै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले आईपीओ बाँडफाँट गरेको सेयर सबैभन्दा छिटो अवधि अर्थात् आठदिन भित्रमा नै नेप्सेमा सूचीकृत गरेर नयाँ रेकर्ड कायम गरेको छ। कम्पनीले गत मंसिर १९ गते आईपीओ बाँडफाँट गरेको थियो ।जसमा कुल १ लाख १४ हजार ८०० जनाले १० कित्ताका दरले …
पुरा पढ्नुहॊस »मेटलाइफ र क्यान्सर सर्वाइभर्स सोसाइटीबीच सहकार्य
काठमाडौं- मेटलाइफले क्यान्सरपीडित विरामीहरूलाई सहयोग गर्ने मुख्य उद्देश्य राखेर नेपाल क्यान्सर सर्वाइभर्स सोसाइटीसँग सहकार्य गर्ने भएको छ । क्यान्सरबाट बच्ने र उपचारपछिको चुनौतीपूर्ण यात्रालाई सम्हाल्दै आएका व्यक्तिहरूलाई व्यापक सहयोग प्रदान गर्न इन्स्योरेन्स कम्पनीले सोसाइटीसँग साझेदारी गरेको हो । यो सहकार्यबाट चेतनामूलक कार्यक्रमहरूदेखि परामर्श सहयोगको सुविधा र जीविकाको विकासलाई प्रवर्द्धन गर्दै लगभग दुई हजार ५०० जना सर्वाइभर्सहरूको दीगो जीविकाको लागि मद्दत गर्ने लक्ष्य कम्पनीको छ । यस साझेदारीको मुख्य उद्देश्य मेटलाइफले …
पुरा पढ्नुहॊस »युनिलिभरका शेयरधनीले प्रतिशेयर डेढ हजार लाभांश पाउने
काठमाडाैँ । युनिलिभर नेपालले शेयरधनीलाई अहिलेसम्मकै धेरै लाभांश दिने भएको छ। युनिलिभरको ३०औं वार्षिक साधारणसभाले शेयरधनीलाई प्रतिशेयर एक हजार ५८० रुपैयाँ लाभांश दिने निर्णय गरेको हो। कम्पनीले अतुलनीय लाभांश प्रतिफल र करपछिको नाफा एक अर्ब ८३ करोड पुर्याएको छ, जुन गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हो। कम्पनीका अध्यक्ष देव बाजपेयी र प्रबन्ध निर्देशक अम्लान मुखर्जीको उपस्थितिमा होटल याक एन्ड यतीमा साधारणसभा सम्पन्न भएको हो। समारोहमा युनिलिभर नेपाल लिमिटेडका अध्यक्ष …
पुरा पढ्नुहॊस »सांग्रिला डेभलपमेन्ट बैंकले पनि घटायो ब्याजदर
काठमाडौं । राष्ट्रबैंकले गत शुक्रबारका दिन मौद्रिक नितीको समिक्षा सार्वजनिक गरेसंगै वाणिज्य बैंकहरुले धमाधम ब्याजदर घटाउदै सूचना प्रकाशित गर्न थालेसँगै विकास बैंकहरुले पनि ब्याजदर घटाउन थालेका छन्। जस अनुसार सांग्रिला विकास बैंकले आजैदेखि लागु हुने गरी ब्याजदर घटाएको छ। यसअघि साधारण बचत खातामा न्यूनतम ५.६० प्रतिशतदेखि अधिकतममा ७.६० प्रतिशतसम्म ब्याजदर तोकेको यस बैंकले आज सूचना प्रकाशित गर्दै साधारण बचत खातामा न्यूनतम ४.८० प्रतिशतदेखि अधिकतममा ६.८० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ। …
पुरा पढ्नुहॊस »गरिमा विकास बैंकले घटायो ब्याजदर, आजैदेखि लागू
काठमाडौँ । राष्ट्रिय स्तरको विकास बैंक गरिमा विकास बैंकले आजदेखि नै लागू हुने गरी निक्षेप तथा ऋणको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । मंसिर १ गतेदेखि लागू भई हाल कायम पुरानो ब्याजदरमा सामान्य घटाउँदै गरिमाले नयाँ ब्याजदर कार्यान्वयनमा ल्याएको हो । गरिमा विकास बैंकले व्यक्तिगत मुद्दति निक्षेपतर्फ यसअघि अधिकतम ९.७५ प्रतिशत रहेको ब्याजदरलाई घटाएर ९.४० प्रतिशत कायम गरेको हो । नयाँ ब्याजदरअनुसार एकवर्षभन्दा कम अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ९.३० …
पुरा पढ्नुहॊस »लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा
काठमाडाैँ । लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीका लागि लाभांश घोषणा गरेको हो। बैंकले ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि घोषित लाभांश सेयरधनीले पाउनेछन्।
पुरा पढ्नुहॊस »आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १३ पैसा र बिक्री दर १३३ रुपैयाँ ७३ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ७७ पैसा र बिक्री दर १४४ रुपैयाँ ४२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३५ पैसा र बिक्री दर १६८ रुपैयाँ ११ पैसा रहेको छ । …
पुरा पढ्नुहॊस »‘द भ्वाइस अफ नेपाल सिजन ५’ को भोटिङ पार्टनरमा ‘खल्ती’
काठमाडौँ । नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले ‘द भ्वाइस नेपाल’ सँग एक मात्र भोटिङ र टिकटिङ पार्टनरको रुपमा साझेदारी गरेको छ। यस साझेदारी पश्चात अब खल्ती प्रयोगकर्ताले आफुलाई मनपर्ने ‘द भ्वाइस अफ नेपाल – सिजन ५’ का सहभागीलाई ‘खल्ती’ मार्फत भोट गर्न सक्नेछन् । ‘द भ्वाइस’ अन्तर्राष्ट्रिय रियालिटी टिभी गायन प्रतियोगिताको एक फ्रान्चाईज हो जुन नेपालमा सन् २०१८ मा ‘द भ्वाइस नेपाल’ नामक टेलिभिजन शोबाट सुरु भएको थियो। धेरै …
पुरा पढ्नुहॊस »