नबिल बैंकका पूर्वसीईओ बने फोनपेको अध्यक्ष, ढकालले दिए राजीनामा

काठमाडौं । फोन पेको अध्यक्षमा सशिन जोशी नियुक्त भएका छन् । एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले राजीनामा दिएसँगै जोशी नयाँ अध्यक्ष नियुक्त भएका हुन् ।

ढकालले राजीनामा दिएको बताउँदै सशिनले एफवान सफ्टलाई थप उचाइमा पुर्‍याउने बताए । जोशी यसअघि जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिजमा कार्यकारी निर्देशक रहेका थिए । ढकालले फोनपेको अध्यक्षबाट राजीनामा दिँदै जोशीसहित सीईओ दिवस सापकोटाले फोन पेलाई थप अघि बढाउने बताए ।

जोशी २०१५ देखि २०१८ सम्म नबिल बैंकको सीईओ थिए । २००३ मा एनआईसी बैंकको सीईओ भएका जोशी एनआईसी र एसिया बैंकसँग मर्ज भएसँगै साढे २ वर्ष सीईओ भएका थिए । उनको बैंकिङ करिअर स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट सुरु भएको थियो। त्यहाँ उनले ३ वर्ष काम गरेका थिए ।

फोन पे नेपालको सबैभन्दा ठूलो मोबाइल पेमेन्ट नेटवर्क हो । नेपाल राष्ट्र बैंकले पेमेन्ट सिस्टम अपरेटरको रुपमा लाइसेन्स प्रदान गरेको छ । फोन पेले बैंकको मध्यमबाट व्यक्तिबीचमा कारोबारसँगै व्यक्तिले कम्पनीबीच अनलाइनबाटै कारोबार गर्नसक्छ । फोन पेका करिब १ करोड ८० लाख ग्राहक छन् भने १० लाख व्यवसायी छन् । नेपालमा साना कारोबार गर्न फोन पेको क्युआर कोड बढी प्रयोग हुने गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री