युनिलिभरका शेयरधनीले प्रतिशेयर डेढ हजार लाभांश पाउने

काठमाडाैँ । युनिलिभर नेपालले शेयरधनीलाई अहिलेसम्मकै धेरै लाभांश दिने भएको छ। युनिलिभरको ३०औं वार्षिक साधारणसभाले शेयरधनीलाई प्रतिशेयर एक हजार ५८० रुपैयाँ लाभांश दिने निर्णय गरेको हो।

कम्पनीले अतुलनीय लाभांश प्रतिफल र करपछिको नाफा एक अर्ब ८३ करोड पुर्‍याएको छ, जुन गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हो।

कम्पनीका अध्यक्ष देव बाजपेयी र प्रबन्ध निर्देशक अम्लान मुखर्जीको उपस्थितिमा होटल याक एन्ड यतीमा साधारणसभा सम्पन्न भएको हो। समारोहमा युनिलिभर नेपाल लिमिटेडका अध्यक्ष बाजपेयीले न्यून लगानी, जैविक विविधतामा देखिएको नकारात्मक असर, भूराजनीतिक टकराव, सामाजिक ध्रुवीकरण र साइबर असुरक्षालाई बढी जोड दिएको बताए।

युनिलिभर नेपालको व्यापक आपूर्ति सञ्जाल, चुस्त ग्राहक व्यवस्थापनयुक्त उद्देश्यपूर्ण बजार प्रवर्द्धनका साथ अघि बढ्ने क्रममा आगामी आर्थिक वर्षमा र त्यसभन्दा पछिका लागि भौगोलिक, खरीद, मानव पूँजी, प्रविधि, समावेशिता र स्थायित्वमा देखा परेका व्यवधान हटाउँदै अगाडि बढ्ने प्रशस्त अवसर रहेको उनको भनाइ थियो।

समारोहमा युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले करपश्चात् कम्पनीको खुद नाफा गत वर्षको एक अर्ब ५४ करोड रुपैयाँबाट बढेर यस वर्ष एक अर्ब ८३ करोड रुपैयाँ पुगेको बताए। यो नाफा बितेको १० वर्षकै सबैभन्दा धेरै भएको उनले बताए। युनिलिभर नेपालमा ८५ प्रतिशत शेयर संस्थापक शेयरधनीको भने बाँकी १५ प्रतिशत शेयर सर्वसाधारणको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिया प्यासिफिक डिजिटल ट्यालेन्ट समिटमा नेपाली विद्यार्थीले जिते पिपल्स च्वाइस अवार्ड

काठमाडौं । नेपाली विद्यार्थीहरुले आविष्कार गरेको एआई प्रोजेक्टले चीनको नानिङ र सेन्जेनमा भएको एसिया प्यासिफिक …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds