गरिमा विकास बैंकले घटायो ब्याजदर, आजैदेखि लागू

काठमाडौँ । राष्ट्रिय स्तरको विकास बैंक गरिमा विकास बैंकले आजदेखि नै लागू हुने गरी निक्षेप तथा ऋणको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । मंसिर १ गतेदेखि लागू भई हाल कायम पुरानो ब्याजदरमा सामान्य घटाउँदै गरिमाले नयाँ ब्याजदर कार्यान्वयनमा ल्याएको हो ।

गरिमा विकास बैंकले व्यक्तिगत मुद्दति निक्षेपतर्फ यसअघि अधिकतम ९.७५ प्रतिशत रहेको ब्याजदरलाई घटाएर ९.४० प्रतिशत कायम गरेको हो ।

नयाँ ब्याजदरअनुसार एकवर्षभन्दा कम अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ९.३० प्रतिशत, एकवर्ष वा सोभन्दा बढी अवधिका लागि ९.४० प्रतिशत कायम गरिएको छ । संस्थागत तर्फ १ वर्षभन्दा कम अवधिका लागि ७.३० र सोभन्दा बढी अवधिका लागि ७.४० प्रतिशत ब्याजदर तोकिएको छ ।

यसअघि व्यक्तिगततर्फ एक वर्षभन्दा कम अवधि तथा एक वर्षभन्दा बढी अवधिका लागि क्रमशः ९.५० र ९.७५ प्रतिशत तोकिएको थियो । गरिमा विकास बैंकले बचततर्फ अधिकतम ब्याजदर ४.७५ प्रतिशत तोकेकोमा घटाएर ४.४० प्रतिशत कायम गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds