शिवम् सिमेन्टमा अनुबन्धीत धावक आयुषले तोडे २३ वर्ष पुरानो रेकर्ड !

काठमाडौँ । शिवम् सिमेन्टमा अनुबन्धीत नेपाली एथलेटिक्स धावक आयुष कुँवरले अमेरिकामा २३ वर्ष पुरानो कीर्तिमान तोडेका छन् । उनले सन् २००१ मा रामकृष्ण चौधरीले बनाएको ७.०९ सेकेण्डको कीर्तिमान ब्रेक गर्दै ७.०२ सेकेण्डको नयाँ कीर्तिमान बनाएका हुन् ।

आयुष कुँवरलाई शिवम् सिमेन्टले गत असारमा १ वर्षका लागि अनुबन्धित गरेको थियो । नेपालका स्प्रिन्टर आयुषले एथलेटिक्सको इन्डोरमा ६० मिटर र २०० मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।

आयुषले वासिङ्गटनको स्पोकानमा भएको विथवर्थ इन्डोर ट्र्याक एण्ड फिल्ड इन्भाइट प्रतियोगितामा इन्डोर अन्तर्गत ६० मिटर दौडमा २३ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेका हुन ।

फ्रेब्रोअरी ९ र १० मा भएको यस प्रतियोगितामा विश्व एथलेटिक्स सर्वोच्च निकाय वर्ल्ड एथलेटिक्सले स्याङसन गरेको छ । आयुषले क्वालिफाइङ राउण्डमा रामकृष्णको कीर्तिमान बराबरी गरेका थिए भने अर्को राउण्डमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । अमेरिकाको सिटी स्पीड एसएफ क्लबमा प्रशिक्षण गर्दै आएका आयुषले नेपालकै नामबाट प्रतिस्पर्धा गरेका थिए ।

६० मिटरमा दुई दशकभन्दा पुरानो राष्ट्रिय कीर्तिमान तथा २०० मिटर दौडमा ७ वर्ष पुरानो कीर्तिमान लाई तोड्न पाउँदा खुशी लागेको आयुषले बताए । ‘मैले इन्डोरमा ६० मिटर र २०० मिटर दुवैमा राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य राखेको थिएँ त्यसमा सफल भएँ, एकदमै गर्व लागिरहेको छ,’ आयुषले भने । आयुषले इन्डोर २०० मिटर दौडमा पनि ७ वर्ष पुरानो कीर्तिमान ब्रेक गर्दै २२.७९ सेकेण्डको नयाँ कीर्तिमान बनाएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालको हारको सिलसिला जारी, क्यानडासँग ५ विकेटले पराजित

काठमाडौँ । नेपाल आइसीसी विश्वकप लिग- २ अन्तर्गत जारी सिरिजमा लगातार तेस्रो खेलमा पराजित भएको …

प्रतिकृया दिनुहॊस