महिला जागृति वृद्धाश्रमलाई सिटिजन्स बैंकको सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मोरङको बुढीगंगा गाउँपालिकामा रहेको महिला जागृति तथा वृद्धाश्रमलार्ई सहयोग प्रदान गरेको छ । ज्येष्ठ नागरिकलाई आश्रय दिइरहेको सो संस्थालाई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ६ महिनालाई पुग्ने दैनिक उपभोग्य खाद्यान्न तथा अन्य सामग्री उपलब्ध गराएको हो ।

दाताबाट प्राप्त सहयोगबाट सञ्चालन भइरहेको उक्त वृद्धाश्रममा पुगी बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग सामग्री हस्तान्तरण गरेको बैंकले जनाएको छ । सहयोग हस्तान्तरणपछि प्रमुख कार्यकारी अधिकृत पोखरेलले एक वृद्धाले सञ्चालन गरेर समाजमा अनुकरणीय काम गर्दै आएको संस्थालाई सहयोग गर्न पाएको बताए । सानो भए तापनि सहयोग गरेर समाजप्रतिको उत्तरदायित्व बोध गर्न पाएको भन्दै उनले सन्तुष्टि व्यक्त गरेका थिए ।

बैंकले हाल देशका ५५ जिल्लामा एक सय ९० शाखा, एक सय ५२ एटिएम र ९७ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको जनाएको छ । बैंकले १७ लाख १९ हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनआईसी बैंकका कार्ड प्रयोगकर्ताहरूलाई लेमन ट्री प्रिमियरका विभिन्न सेवामा ३५ प्रतिशतसम्म छुट

काठमाडौँ । एनआइसी एसिया बैंकले आफ्ना कार्ड प्रयोगकर्ता ग्राहकहरु तथा कर्मचारीहरूलाई काठमाडौं, बुढानीलकण्ठस्थित Lemon Tree …

प्रतिकृया दिनुहॊस