ललितपुरमा पारसले गरे ‘एक्सपर्ट एजुकेशन’को २१ औँ शाखा उद्घाटन

काठमाडौँ । नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले एक्सपर्ट एजुकेशन भिसा सर्भिसको २१ औं शाखाको उद्घाटन गरेका छन्।

ललितपुरको कुमारीपाटीमा संचालनमा आएको २१ औं शाखाको उद्घाटन गर्दै खड्काले एक्सपर्टको काम नाम जस्तै रहेको बताए। विदेश जान चाहनेहरूलाई यो सर्भिसले राम्रो सल्लाहा दिँदै आएको उनले बताए। खड्का एक्सपर्ट एजुकेशनको ब्रान्ड एम्ब्यासडर समेत हुन्।

यो शाखाको पूर्व क्रिकेटर एवम् क्यान सचिव खड्काको साथमा ई-क्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, आइरिनका अध्यक्ष हेमन्त भट्टराईले रिबन काटेर उद्घाटन गरेका थिए।

एक्सपर्टको नेपालभर २१ शाखाा संचालनमा छन्। उपत्यकामा कुमारीपाटीसहित तीन शाखा संचालनमा छन्।एक्सपर्ट विदेश जान सबैभन्दा उत्तम विकल्प भएको उपस्थित अतिथिहरूले बताए।

बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानडासहित विश्वका अधिकांश देशमा एक्सपर्टले विद्यार्थीहरू पठाउँदै आएको छ। एक्सपर्टको विश्वका २० भन्दा बढी देशमा ६० भन्दा बढी शाखाहरू छन्।

उद्घाटन समारोहमा बोल्दै एक्सपर्टका नेपाल प्रमुख खेम संग्रौलाले भने–‘हामीले सन् २००३ मा ४–५ जनाको सानो समुह मिलेर यो कम्पनी खोलेका थियौँ। अहिले यो कम्पनीमा ५ सय भन्दा बढी जोडिनुभएको छ। हामीले इमान्दारिता, निरन्तरता र मनमा धर्मलाई मुख्य ध्येय बनाएर काम गर्यौं। जसकाकारण, आजका दिनमा आम विद्यार्थी र अभिभावकको साथ हामीले पाएका छौं।’

यस्तै, कार्यक्रममा बोल्दै ई-क्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले देशभर २१ वटा शाखा विस्तार हुनु र आम विद्यार्थी र अभिभावकको विश्वास जित्नु सामान्य कुरा नभएको भन्दै यसका एक्सपर्ट सफल भएको बताए।

कार्यक्रममा बोल्दै आइरिनका अध्यक्ष हेमन्त भट्टराईले नाम अनुसारको काम एक्सपर्टले गर्न सकेको भन्दै बधाई दिएका थिए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कप्तान सुनील क्षेत्रीले लिए सन्न्यास

काठमाडौँ । भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् …

प्रतिकृया दिनुहॊस

This will auto close after