Tag Archives: featured

शेयरबजार व्यवस्थित गर्न माग गर्दै रिले अनसन

काठमाडौं । शेयरबजार व्यवस्थित गर्न माग गर्दै लगानीकर्ताले रिले अनसन सुरु गरेका छन् । शेयर बजार लगातार ओरालो लाग्दा लगानीकर्तालाई अरबौँ रुपैयाँ घाटा लागेको तर सरकारले सुधारको प्रयास नगरेको भन्दै लगानीकर्ताले शेयरबजार परिसूचक नेप्सेको भवनअघि अनसन सुरु गरेका हुन् । अनलाइन प्रणाली सुधारसहित १० बुँदे माग राखेर सुरु भएको अनसनमा नेपाल पूँजीबजार संघले पनि ऐक्यबद्धता जनाएको शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले जानकारी दिए । उनीहरुले सरकारले पूँजी बजारसम्बन्धी धारणा …

पुरा पढ्नुहॊस »

युवा स्वरोजगार कोषको व्याज रकम ऋणीलाई फिर्ता

भक्तपुर । सरकारले सहकारी मार्फत सहुलियत ऋण प्रदान गरि युवालाई स्वरोजगार बनाउन ल्याएको युवा स्वरोजगार कोष अन्र्तगतको ऋण लगानीको व्याज रकम फिर्ता गरेको छ । सहकारीमार्फत प्रदान गरेको ऋण भुक्तानी भएपश्चात कुल व्याजको ६० प्रतिशत रकम कोषले ऋणीलाई फिर्ता गरेको हो । युवा स्वरोजगार कोषले चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित युवा बचत तथा ऋण सहकारी संस्थामार्फत लगानी गरेको ५० लाख ऋणको व्याज रकम ऋणीलाई नै फिर्ता गरेको छ । युवा साकोसमा आवद्ध २८ …

पुरा पढ्नुहॊस »

लगानीकर्ताले आजदेखि अनलाइनमार्फत सेयर कारोबार गर्न पाउने

काठमाडाैं । लगानीकर्ताले आइतबारदेखि सिधै अनलाइनमार्फत सेयर कारोबार गर्न पाउने भएका छन् । आजबाट ब्रोकरले लगानीकर्तालाई कारोबार गर्ने प्रणाली (लगइन) वितरण गर्ने भएपछि स्वचालित विद्युतीय कारोबार गर्न पाउने भएका हुन् । यस्तो कारोबारका लागि लगानीकर्ता र ब्रोकरबीच सम्झौता हुनुपर्छ । नेप्सेले पूर्ण स्वचालित विद्युतीय प्रणाली शुरु गरेको ठीक एक महिना पछि लगानीकर्ताले कारोबारमा सिधा पहुँच पाउने भएका हुन् ।

पुरा पढ्नुहॊस »

एघार जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको पाँच महीनामा विभिन्न ११ जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । चालू आवको हालसम्म अनुमतिपत्र दिइएका आयोजनाको क्षमता एक हजार ३८७ मेगावाट रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले हालसम्म १९० आयोजनालाई त्यस्तो अनुमतिपत्र दिएको छ । विभागकाअनुसार हालसम्म सात हजार २६३ मेगावाट क्षमताका आयोजनाले त्यस्तो अनुमति लिएका छन् । चालू आवको हालसम्म अनुमति दिइएका आयोजनामा ४४० मेगावाट क्षमताको …

पुरा पढ्नुहॊस »

दोस्रो बजारमा सस्तोमा पाइन्छन् वाणिज्य बैंकको शेयर

काठमाडाैं । शेयर बजार उतारचढावपूर्ण रहेका कारण कुनै समय लगानीकर्ताका लागि आर्कषक मानिएका वाणिज्य बैंकको शेयरसमेत दोस्रो बजारमा खस्किएका छन् । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका कूल २८ वाणिज्य बैंकमध्ये छ वटा बैंकको शेयर दुई समयभन्दा तल रहेका छन् । स्टकमा बिहीबार भएको कारोवारका आधारमा सिभिल बैंकको शेयर कमजोर देखिएको छ । सो बैंकको शेयर प्रतिकित्ता १५८ रुपैयाँमा कारोवार भएको थियो । यसैगरी सेञ्चुरी कमर्सियल बैंकको प्रतिकित्ता १७० रुपैयाँ, जनता बैंकको …

पुरा पढ्नुहॊस »

एनआईसी एशियाको शाखारहित बैंकिङ्ग सेवा ओखलढुङ्गाको कुन्तादेवीमा

काठमाडाैं । एनआईसी एशिया बैंक लिमिटेडले ओखलढुङ्गा मोलुङ गाउँपालिकामा आफ्नो बीसौं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति गर्दै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे बैंकले मोलुङ गाउँपालिका वडा नं. १ कुन्तादेवी पसल डाँँडामा शाखारहित बैंकिङ्ग सेवा  संचालनमा ल्याएको हाे ।उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन यज्ञराज सुनुवारले गरे । उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा संजय खत्रीलाई बैंकद्वारा …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंकको शाखा सल्यानको कपुरकोटमा

काठमाडौं । ज्योति विकास बैंकले सल्यान जिल्लाको कपुरकोटमा नयाँ शाखा संचालनमा ल्याएको छ ।  बैंकको औपचारिकउद्घाटन कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेन तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरे । बैंकको हाल  ८० वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्पmत आफ्ना ग्राहकवर्गहरुलाइ सेवा उपलव्ध गराउँदै आईरहेको छ ।  

पुरा पढ्नुहॊस »

आइएमई मोटर्स (अशोक लेलैण्ड)को नयाँ शाखा अब पोखरामा

पोखरा । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड गाडीको नयाँ शाखा स्वागतनगर चाउथे, १४– पोखरामा स्थापना गरिएको छ । यो सुविधा सम्पन्न सेटअप भएको र यहाँबाट अशोक लेलैण्ड गाडीहरुका लागि सेल्स, सर्भिस र स्पेयर्स पार्टसहरु उपलब्ध हुने जानकारी गराईएको छ । उक्त थ्रि—एस (सेल्स, सर्भिस र स्पेयर्स) सेटअपको समुद्घाटन आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल तथा पोखरा उधोग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले संयुक्त रुपमा …

पुरा पढ्नुहॊस »

माछापुछ्रे बैंकको ३ नयाँ शाखाको शुभारम्भ

काठमाडौं । माछापुछ्रे बैंकले ३ शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । बैंकले मकवानपुरको हेटौंडा उप–महानगरपालिका स्थित हेटौंडा शाखा कार्यालय, चितवनको इच्छाकामना गाउँपालिका स्थित इच्छाकामना शाखा कार्यालय र चितवनकै कालिका नगरपालिका स्थित कालिका शाखा कार्यालयको औपचारिक रुपले सुरुवात गरेको छ । हेटौंडा शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक जय मुकुन्द खनाल र हेटौंडा उप–महानगरपालिकाका मेयर हरि बहादुर महतले संयुक्त रुपले गरे । त्यसै गरी इच्छाकामना शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालक राममान …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंक र यूनियन लाईफ इन्स्योरेन्स कम्पनी बीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक  र यूनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकान्स्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा कामना सेवा बिकास बैंकको तर्फबाट कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र यूनियन लाईफ ईन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले हस्ताक्षर गरे । उक्त सम्झौता पश्चात कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकहरुले बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट यूनियन लाईफ ईन्स्योरेन्सको बीमालेख खरिद गर्न …

पुरा पढ्नुहॊस »