काठमाडाैं । नेपाल बैंक लिमिटेडले विभिन्न तहका लागि गरेको विज्ञापनको लिखित नतिजा सार्वजनिक गरेको छ । लिखित परीक्षामा नाम निकालेका उम्मेदवारले पासपोर्ट साइजको फोटो, प्रवेशपत्र, नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रसहित बैंकको प्रधान कार्यालय धर्मपथमा सम्पर्क गर्न सूचना जारी गरेको छ । हेर्नुहोस् को-को भए पास :-
पुरा पढ्नुहॊस »राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा १० अर्ब लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थामा १० अर्ब १५ करोड ८६ लाख रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले ३६६ दिने मुद्दती निक्षेपमा सो रकम राख्न लागेको हो । यसमा त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्नुपर्ने शर्त राष्ट्र बैंकले राखेको छ । राष्ट्र बैंकले बाणिज्य बैंकहरुमा ८ अर्ब १२ करोड ६९ लाख रुपैयाँ, विकास बैंकमा १ अर्ब ५२ करोड ३८ लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्नेछ । यसैगरी …
पुरा पढ्नुहॊस »एनएमबि बैंक र घरेलु तथा साना उद्योगबीच सम्झौता
काठमाडाैं । एनएमबि बैंक र नेपाल घरेलु तथा साना उद्योग (एफएनसिएसआइ) संगठनबीच वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने सहमति भएको छ ।सम्झौता अनुसार बैंकसँगको सहकार्यमा उद्योग संगठनले वित्तीय साक्षरता कार्यक्रम संचालन गर्नेछन् । वित्तीय साक्षरता कार्यक्रम ४५ हजार सदस्यमाझ सञ्चालन गरिने छ। जसमध्ये ९ सय महिला रहेको बैंकले जनाएको छ । वित्तीय साक्षरता कार्यक्रम लघु, साना तथा मझौला उद्यमको पक्षमा केन्द्रित हुनेछ। कार्यक्रमले प्रशिक्षार्थीलाई आर्थिक श्रोत सुनिश्चित गर्ने र श्रोतको अधिकतम उपयोग …
पुरा पढ्नुहॊस »सेञ्चुरी बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्ताक्षर गरे ।सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकबाट उक्त कम्पनीको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सकिने छन् ।
पुरा पढ्नुहॊस »सेञ्चुरी कमर्सियल बैंकद्वारा ई–नेबल नेपाललाई आर्थिक सहयोग
काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकले अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको उपलक्ष्यमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ई–नेबल नेपाल नामक संस्थालाई आर्थिक सहयोग गरेको छ ।बैंकले प्राकृतिक,भवितब्य वा विविध कारणले हात गुमाएका बालबालिकाहरुलाई चलायमान कृतिम हात निर्माण र जडान गर्न २ लाखको आर्थिक सहयोग गरेको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई तथा ई–नेबल नेपालका महासचिव सुरेन्द्र श्रेष्ठबीच चेक हस्तान्तरण भएको थियो । ई–नेबल नेपाल बिगत देखि यो सामाजिक कार्यमा सक्रिय रहेको छ । …
पुरा पढ्नुहॊस »नेशनल इन्स्योरेन्स कम्पनीको नाफा १ करोड ७० लाख
काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ७० लाख २३ हजार रुपैयाँ नाफा कमाएको छ । विमा कम्पनीको यस्तो नाफा अघिल्लो आवको सोही अवधिमा ६८ करोड ऋणात्मक रहेको कम्पनीले जारी गरेको वित्तीय विवरणमा उल्लेख छ । चुक्ता पुँजीमा शून्य रकम देखाएको छ। त्यस्तैगरी जगेडा कोषमा ३८ करोड पनि ऋणत्मक छ। बीमा कोषमा ९९ करोड ८३ लाख राखेको छ । गत त्रैमाससम्ममा खुँद बीमाशुल्क आर्जन २६ करोड ७५ …
पुरा पढ्नुहॊस »अजोड इन्स्योरेन्स र चिरायु अस्पतालबीच सम्झौता, के छ सम्झौतामा ?
काठमाडाैं । अजोड इन्स्योरेन्स र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्सटिच्युटबीच नगद रहित उपचार सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री तथा अस्पतालका तर्फबाट अपरेशन डाइरेक्टर चण्डेश्वर एन.आर.वैद्यले हस्ताक्षर गरेका छन् । अजोड इन्स्योरेन्सबाट औषधोपचार बीमा लेख लिएका ग्राहकहरुले हस्पिटलमा भर्ना भई उपचार गराउनु पर्ने अवस्थामा विभिन्न सेवाहरुमा अधिक्तम छुट प्राप्त गर्ने भएको छ । नगद रहित उपचार सेवा उपयोग गर्न …
पुरा पढ्नुहॊस »प्रभु बैंकका ७ एक्स्टेन्सन काउन्टर सञ्चालनमा
काठमाडाैं । प्रभु बैंकले नयाँ ७ वटा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । काउन्टरहरु झापााको भद्रपुर, सुनसरीको कोशी ब्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलवस्तुको सुठौली र कैलालीको सेती भन्सारमा सञ्चालनमा ल्याएको बैकले जनाएको छ ।भन्सार विभागका महानिर्देशक तोयम रायाले जलेश्वर काउण्टर उद्घाटन गरे । त्यसैगरी अन्य भन्सारका काउन्टरहरु सम्बन्धित भन्सार कार्यालयका प्रमुखले उद्घाटन गरेका छन् । नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा आएका …
पुरा पढ्नुहॊस »गण्डकी बिकास बैंक र सूर्य लाइफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । गण्डकी बिकास बैंक र सूर्य लाईफ इन्स्योरेन्स बीच बीमा व्यवसाय विस्तार गर्ने उद्देश्यले बैंकास्योरेन्स सेवा प्रदान सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पान्डेले हस्ताक्षर गरेका छन् ।उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत छविन्द्रनाथ शर्मा तथा इन्स्योरेन्सको तर्फबाट नायब मेनेजर सुमना न्यौपाने खनालको समेत उपस्थिती रहेका थिए । सम्झौता अनुसार …
पुरा पढ्नुहॊस »महालक्ष्मी विकास बैंकको शाखा दमौलीमा
काठमाडौं ।महालक्ष्मी विकास बैंकले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा तनहुँ जिल्ला, व्यास नगरपालिका वडा नं ३, सफासडक स्थित दमौली शाखा कार्यालयको औपचारिक समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । शाखाको समुद्घाटन व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले गरे । शाखा उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको र आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा …
पुरा पढ्नुहॊस »