आइएमई मोटर्स (अशोक लेलैण्ड)को नयाँ शाखा अब पोखरामा

पोखरा । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड गाडीको नयाँ शाखा स्वागतनगर चाउथे, १४– पोखरामा स्थापना गरिएको छ । यो सुविधा सम्पन्न सेटअप भएको र यहाँबाट अशोक लेलैण्ड गाडीहरुका लागि सेल्स, सर्भिस र स्पेयर्स पार्टसहरु उपलब्ध हुने जानकारी गराईएको छ ।

उक्त थ्रि—एस (सेल्स, सर्भिस र स्पेयर्स) सेटअपको समुद्घाटन आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल तथा पोखरा उधोग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले संयुक्त रुपमा गरे ।

उद्घाटनका क्रममा प्रबन्ध निर्देशक ढकालले भने –“अशोक लेलैण्डमा गरेको लगानीले भविष्यमा राम्रो प्रतिफल दिने र एउटा भरपर्दो ब्राण्ड भएकोले यसमा लगानी गरेको जानकारी दिए । उनले अब पश्चिम क्षेत्रका ग्राहकहरुले ढुक्क भएर अशोक लेलैण्ड गाडीहरुमा लगानी गर्न अनुरोध गर्दै बिक्री पछिको सेवाको लागि जस्तो सुकै परिस्थितिमा पनि ग्राहकको साथमा रहने प्रतिबद्घता ब्यक्त गरे ।

नेपालका लागि अशोक लेलैण्ड गाडीको एकमात्र अधिकृत बिक्रेता आइएमइ मोटर्सले गण्डकी प्रदेशको केन्द्रमा अवस्थित शाखाको विस्तारले ग्राहकहरुलाई थ्रि—एस (सेल्स, सर्भिस र स्पेयर्स ) साथ सम्पूर्ण सेवाहरुको पूर्ण सुविधा प्रदान गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो । बैंकिङ्ग, इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल सुनचाँदी व्यवसायी महासङ्घमा रसाइली

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको केन्द्रीय अध्यक्षमा अर्जुन रसाइली निर्वाचित भएका छन् । काठमाडौँमा …

प्रतिकृया दिनुहॊस